IME Life New

बीमा समितिद्वारा सबै प्रकारका बैंकास्योरेन्स सम्झौता खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बुधबार एक निर्णय गर्दै सबै प्रकारका बैंकास्योरेन्स सम्झौता खारेज गरिदिएको छ । समितिले यही मंसिर २२ गतेदेखि लागू भएको नयाँ मार्गदर्शक निर्देशिका अनुसार विगतमा बीमा कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गरेको बैंकास्योरेन्स सम्झौता खारेज गरिदिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको हस्ताक्षरसहितको निर्देशनमा गत मंसिर २२ गतेदेखि बीमकबीच सहकार्य सम्बन्धी नयाँ निर्देशिका जारी भएकोले यसअघि बीमा कम्पनीहरुले अन्य संघ संस्थासँग गरेको सबै प्रकारको सम्झौता भंग गरी तत्कालै नयाँ मार्गदर्शन अनुसार नयाँ सम्झौता गरेर मात्रै काम गर्न गराउन भनिएको छ । नयाँ निर्देशनको सम्बन्धमा कार्यकारी निर्देशक पौडेले इन्स्योरेन्स खवरसँग भने, ‘नयाँ निर्देशिका लागू भइसकेकोले पुरानो जे जति सम्झौता भएका थिए, ति सबै आजैका मितिबाट लागू हुने छैन । सबै बैकास्योरेन्स खारेज भयो ।’ बीमा समितिले बीमालाई थप व्यववस्थित र मर्यादित बनाउन नयाँ निर्देशिका जारी गरेको हो ।

Esewa
Crest

नेपालका ३९ वटै बीमा कम्पनीले बैंकास्योरेन्स सम्झौता गरी कर्पोरेट एजेन्टहरु नियुक्त गरेका थिए । समितिको निर्देशनसँगसँगै ३९ वटा बीमा कम्पनीले गरेको सयौं सम्झौताहरु एकै पटक भंग भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS