IME Life New

बीमा समितिको कडाई पछि बीमा कम्पनीले गरे वास्तविक समयमै कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा पहिलो पटक वास्तविक समयमै कारोबार गर्ने प्रयास गरेका छन् । नियामक निकाय बीमा समितिले असार ३२ गतेसम्मको कारोबार मध्यरातभित्रै सम्पन्न गरिसक्न निर्देशन जारी गरेको थियो ।

बीमा समितिले वास्तविक समयमै बीमा कारोबार गर्न निर्देशन दिएकोमा सम्पूर्ण बीमा कम्पनीले शनिबार मध्यरातसम्म बीमालेख जारी गरेका थिए । समितिले कारवाहीको चेतावनी दिएपछि सम्पूर्ण बीमा कम्पनीहरुले वास्तविक समयमै कारोबार सम्पन्न गर्ने भरमग्दूर प्रयास गरेका हुन् । यद्दपि केही बीमा कम्पनीहरुमा साउन १ गते बिहान १० बजेसम्म पनि बीमालेख जारी गर्ने कार्य भइरहेको थियो ।

Esewa
Crest

आर्थिक वर्षभरको व्यवसायीक लक्ष्य अन्तिम दिनमा आएर जसरी भएपनि पुरा गर्न वा कम्तीमा पछिल्लो वर्षको कारोबारभन्दा घटी व्यापार हुन नदिनको लागी असार मसान्तमा बीमा कम्पनीको व्यवस्थापनदेखि लिएर बजार विभागसम्मका कर्मचारी तनावमा हुन्छन् ।

विशेष गरी जीवन बीमा कम्पनीको शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरु राति अबेरसम्म कार्यालयमै सालतमामीको भोजभतेरसँगै बीमालेख जारी गर्न अण्डरराइटिङ जारी राखेका थिए । व्यवसायीक लक्ष्य पुरा हुनेले मध्यरातमै केक काटेर खुशियाली समेत मनाए ।

जीवन बीमा कम्पनीहरुको शाखा प्रबन्धक मात्र नभएर क्षेत्रिय प्रमुख, प्रदेश प्रमुख, बजार विभाग प्रमुख, प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापन तह समेत सक्दो व्यवसायीक प्रगती हासिल गर्नको लागी रातभर अनिंदो बिताउन बाध्य भए ।

बीमा अभिकर्ताहरु वर्षभर सामान्य गतिमा काम गर्ने तर आवको मसान्तमा आफूले प्राप्त गर्ने अतिरिक्त सेवा सुविधाको लागी व्यवसायीक योगदान अपुग भएको अवस्थामा जुन सुकै उपायबाट भएपनि बीमालेख बिक्री गरेर लक्ष्य पुर्याउने प्रवृत्ति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS