IME Life New

बीमा शुल्क किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाउन बीमा समिति समक्ष सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले गठन गरेको नेपालको निर्जिवन बीमा व्यवसायमा कोभिड–१९ महामारीको प्रभाव सम्ब्न्धमा सुझाव दिन गठित कार्यदलले गत साता बीमा समिति समक्ष बुझाएको प्रतिवेदनमा बीमितलाई किस्ताबन्दीमा बीमा शुल्क भुक्तानी गर्ने सुविधा प्रदान गर्न सिफारिस गरेको छ ।

कार्यदलले तयार पारेको प्रतिवेदनमा निर्जिवन बीमा शुल्क भुक्तानी सुविधा दिने व्यवस्था गर्न बीमा समिति समक्ष सिफारिस गरेको हो । सो प्रतिवेदनमा १० लाख भन्दा माथिका बीमालेखहरुको बीमा शुल्क किस्ताबन्दीमा भुक्तानी गर्न पाउने गरी व्यवस्था गर्न बीमा समिति समक्ष सिफारिस गरेको छ । उक्त व्यवस्था अनुसार ५० प्रतिशत बीमा शुल्क तिरेपछि बीमा पोलिसी जारी हुने र बाँकी रकम तीन महिनाभित्रमा भुक्तानी गर्ने सुविधा प्रदान गर्नुपर्ने भनिएको छ ।

Esewa
Crest

त्यस्तै आर्थिक वर्षको अन्त्यमा जारी गरिने बीमालेखलाई हाल कायम रहेको साउन ३ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने भन्ने व्यवस्थालाई साउन महिनाभरको समय दिन कार्यदलले बीमा समिति समक्ष सिफारिस गरेको छ । गत वर्ष मात्रै बीमा समितिले बीमा क्षेत्रमा गैर कर्पोरेट कल्चर विकास हुन नदिन यस्तो व्यवस्था गरेको थियो ।

त्यसैगरी, कार्यदलले भुक्तानी हुन बाँकी दावी भुक्तानी यथासक्य छिटो दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन सिफारिस गरेको छ । असार समान्तसम्म कायम गर्नै पर्ने भनिएको सोल्भेन्सी मार्जिन तोकिएको समयमा चुक्ता पुँजि पुर्याउन कोरोना महामारीका कारण नसकिएको भएकोले सोल्भेन्सी मार्जिन पुर्याउनुपर्ने समय थप गर्न कार्यदलले सिफारिस गरेको छ ।

कार्यदलले बुझाएको प्रतिवदेनमा लकडाउन अवधीमा थुनिएका सवारी साधनलाई लेअप सरह मान्यता दिई दुई महिनाको बीमा शुल्क बापतको रकम आगामी बीमा नविकरण गर्दा छुट दिनु बीमा समिति समक्ष सिफारिस गरिएको छ । जुन बीमा समितिले प्रतिवेदन बुझेकै दिनदेखि लागू गरिसकेको छ । नेपाल बीमक संघको पूर्ण बैठकले दिएको म्याण्डेड भन्दा बढि कार्यदलले सिफारिस गरेको आरोप अन्य बीमा कम्पनीहरुहरुले लगाइरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS