IME Life New

बीमा व्यवसाय विस्तार आक्रामक हुँदा पनि उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति दयनीय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा ब्यवसाय आक्रामक रुपमा विस्तार हुँदै गर्दा जीवन बीमा कम्पनीहरुको उच्च व्यवस्थापन तहमा भने अझै महिलाको पहुँच पुग्न सकेको छैन। सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरु मध्ये एउटामा पनि महिला प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ हुन सकेका छैनन्। कम्पनीहरुले महिलालाई प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी दिनु त परै जाओस उच्च व्यवस्थापन तहमा समेत समेत महिलालाई पत्याउँन सकेका छैनन्। १९ जीवन बीमा कम्पनीमध्ये ८ वटा जीवन बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा महिला छैनन्।  ११ वटा जीवन बीमा कम्पनीहरुले उच्च व्यवस्थापन तहमा महिलाई जिम्मेवारी दिएता पनि दोस्रो  तेस्रो तहमा भने धेरै कम छन्। उच्च व्यवस्थापन तहमा रहेका महिला कर्मचाहरुलाई पनि धेरै ठुलो जिम्मेवारी दिइएको पाइदैन।

नेपालमा पछिल्लो समयमा महिलाहरु हरेक क्षेत्रमा सक्रिय हुँदै आएका छन्। राजनीतिक क्षेत्र, प्रशासन क्षेत्र, शिक्षा क्षेत्र, निजामति सेवा लगायतका विभिन्न क्षेत्रमा महिलाहरुको उपस्थिति राम्रो देखिन थालेको छ । विगतका समयमा महिलाहरु घरभित्रैको काम गर्नुपर्छ भन्ने अन्धविस्वासी सोच विचारलाई चिर्दै आज महिलाको उपस्थिति बीमा क्षेत्रको उच्च व्यवस्थापनमा तहमा केहि मात्रामा भए पनि देखिन थालेका छ।

Esewa
Crest

अहिले महिलाहरुको उपस्थिति रहेक क्षेत्रमा सक्रिय हुँदा हुँदै पनि बीमा क्षेत्र तथा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा समेत उपल्लो तहमा महिलाको उपस्थिति कमजोर देखिन्छ। अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्तरका दुबै पदमा  पुरुष मात्रै छन्। त्यस्तै अन्य बीमा कम्पनीहरुको उपल्लो पदमा समेत महिलाको उपस्थिति समावेशी हुन सकेको छैन।

बीमा क्षेत्रको उच्च व्यवस्थापन तहमा भन्दा पनि बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति अझ अब्बल हुदै गएको देखिन्छ । नेपालको कुल जनसङख्याको आधारमा बीमा तथा बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति दयानिय नै मानिन्छ।

जीवन बीमा कम्पनीहरुमा हेर्ने हो भने नेपाल लाइफ इनस्योरेन्स कम्पनी र एलआइसी नेपालको उच्च व्यवस्थापन तहमा तीन/तीन जना महिला रहेका छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, महालक्ष्मी लाइफ, युनियन लाइफ, मेट लाइफ  र रिलायन्स लाइफको उच्च व्यवस्थापन तहमा दुई/दुई जना महिला कर्मचारी रहेका छन्। त्यस्तै गुराँस लाइफ इन्स्योरेन्स र  प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापनमा एक जना कर्मचारी रहेका छन्।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तहमा एक जना पनि महिलाको उपस्थिती छैन।

बीमा विश्लेषक रविन्द्र घिमिरे भन्छन्, “बीमा क्षेत्रको उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति भएको राम्रो हो। बीमा ऐन २०४९ ले पनि बीमा कम्पनीहरुको संचालकमा एक जना महिला अनिवार्य भनेको छ। तर बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा भने महिलाको लागि कुनै कोटा निर्धारण गरिएको छैन।“

बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा महिलाको उपस्थिति हुने हो भने भने ठगि, भ्रष्टचारको सम्भावना धेरै कम हुने विश्लेषक घिमिरेको तर्क छ। उनी भन्छन् ,“ बीमा क्षेत्रको उच्च व्यवस्थापनमा महिला कर्मचारी भयो भने शुद्धिकरण, पारदर्शिता हुन्थ्यो की?”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS