IME Life New

राष्ट्रियस्तरका विकास बैंकः ११३% ले बढ्यो नाफा, कसको ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म १ अर्ब ६७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरण राष्ट्रियस्तरका ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको असोजसम्म कुल १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यही अवधिसम्म यी बैंकहरुले ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ११३.२३ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउनेमा लुम्बिनी विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले ज्योति विकास बैंक अगाडि रहेको छ।

चालु वर्षको असोजसम्म लुम्बिनी विकास बैंकले ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म लुम्बिनीले ३४ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यसैगरी धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा मुक्तिनाथ रहेको छ। समीक्षा अवधिसम्म मुक्तिनाथले ३२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४३.४४ प्रतिशतले बढेको छ।

तेस्रोमा गरिमा विकास बैंक रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले २४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४.१७ प्रतिशतले घटेको छ।

यसैगरी चालु वर्षको असोजसम्म कामना सेवा विकास बैंकले २३ करोड ११ लाख रुपैयाँ, ज्योति विकास बैंकले २० करोड १ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ११ करोड ६४ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कामना सेवाको नाफा १६.९९ प्रतिशत र ज्योतिको १८४.५९ प्रतिशत बढ्दा शाइन रेसुंगाको २.६६ प्रतिशतले घटेको छ।

त्यस्तै महालक्ष्मीको नाफा २१.४८ प्रतिशतले बढ्दा सांग्रिलाको ६२.७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS