IME Life New

बीमा रकम दाबी गर्न अपाङ्गताको नाटक गर्ने १३ जनाकाे गिराेह प्रहरी नियन्त्रणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियाली मुलुक ताइवानको आपराधिक अनुसन्धान ब्यूरो (सीबीआई) ले पूर्ण स्थायी अपाङ्गता बीमा अन्तर्गत बीमा दाबी गरेर ठगी गरेका १३ जनाकाे समूहलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा एक दम्पत्ती र अन्य ११ जना बीमित छन् ।

दक्षिणी ताइवान निवासी कांग र ली उपनाम भएकाे दम्पत्तीले ११ जना बीमितलाई स्थायी पूर्ण अपाङता भएकाे नाटक गर्न लगाएर दुई वर्षकाे अवधिमा २ अर्ब ३६ कराेड अमेरिकी डलर ठगी गरेका हुन् । यी दम्पत्तीले बीमितहरुलाई मस्तिष्क घात, पक्ष घात जस्ता राेग लागेकाे अभिनय गर्न सिकाउने र चिकित्सकबाट प्रमाणिकरण गराएर दाबी रकम समेत हात पारेर बीमित,अभिकर्ता र आफूहरुले बाँडफाँड गरे लिने गरेकाे प्रहरी अनुसन्धानका क्रममा खुलेकाे इन्स्याेरेन्स बिजनेश म्याग डक कमले उल्लेख गरेकाे छ। समाचार रिपोर्ट अनुसार यी दम्पतीले प्रत्येक दाबीवापत बीमितसँग २० प्रतिशत रकम लिने गरेका थिए ।

Esewa
Crest

बीमितहरु बसाेबास गर्ने स्थानभन्दा निक्कै किलाेमिटर दूरीमा रहेकाे शहरकाे चिकित्सकबाट अपाङता प्रमाणीकरण गरिएकाे कागज सहित एक पछि अर्काे गर्दै दाबी पर्न थालेपछि बीमा कम्पनीका कर्मचारीले आश‌ंका गर्दाै सिबिआईलाई छानबिनकाे अनुराेध गरेका थिए । प्रहरीले स्थायी अपाङ्गता भएकाे दाबी गरिएका बीमितकाे घरमा पुग्दा उनीहरुको अवस्था सामान्य रहेकाे फेला पारेकाे थियाे ।

अनुसन्धानको क्रममा पक्राउ परेका दम्पतीले ठगीको लागि पहिले पनि सजाय पाएकाे खुलेकाे छ। उनीहरूले जु नाम गरेका अभिकर्तासँग पहिचान कायम गरेर बीमितहरुसम्म पुग्ने र पूर्ण अपाङता बीमाकाे प्रवर्द्धन गर्दै आएका थिए । बीमालेख जारी भएकाे छ महिनादेखि एक वर्षसम्म पर्खने र यसबीचमा बीमितहरुलाई पक्षघातकाे नाटक गर्न सिकाउने गरेका थिए ।

चिकित्सा परीक्षणको क्रममा धोका पत्ता नलागेको सुनिश्चित गर्न याे दम्पत्तीले बीमितहरुलाई शारीरिक पक्षाघात, बाेल्न नसक्ने, र बिर्सने लगायतका लक्षणहरू प्रदर्शन गर्न सिकाएका थिए । पक्षघातपछि जीविकोपार्जन गर्न नसकेकाे भन्दै चिकित्सकलाई जानकारी गराउन पनि बीमितहरुलाई ठग दम्पत्तीले सिकाएकाे थियाे ।

बीमा दाबी दिनु अघि बीमितकाे घरदैलाेमा बीमककाे कर्मचारी वा सर्वेक्षकहरु पुग्दा बीमितले कुर्सीमा बसेर पक्षाघात भएको नाटक गर्ने र आफ्नो डायपर फेर्नका लागी परिवारका सदस्यकाे सहयाेग लिएकाे अभिनय समेत गरेर विश्वास दिलाएका थिए। पछि, सबै बीमितहरुलाई एउटै अभिकर्ताले बीमा गराई दिएकाे, बीमितहरू ताइनानमा बसाेबास गर्ने भएपनि र चिकित्सकीय परामर्शका लागि काओसिङ्गसम्मकाे यात्रा गरेको विषयले सर्वेक्षकहरूलाई श‌ंका गर्ने आधार प्रदान गरेकाे थियाे ।

प्रहरी चिकित्कीय प्रमाणहरुले पक्षघात भएकाे पुष्टी गरेपनि स्थलगत निरिक्षणकाे क्रममा सिबिआइले बीमितहरु शारीरिक रूपमा सक्रिय, दौड र खेलकुद गतिविधिमा संलग्न रहेको फेला पारेकाे थियाे । उनीहरुको सामाजिक सञ्जाल अकाउन्टले उनीहरुको गो-कार्ट चलाउने तस्विरहरु पनि देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS