IME Life New

बीमा पोलिसीका नाममा करोडौँ ठगी, १५ बैंकमा रकम ट्रान्सफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर बीमाका नाम ठगीका घटना लगातार बढिरहेका छन्। दैनिकजसो सयौँ बीमा धोकाधडीका घटनाहरु भइरहेका हुन्छन्। बीमाको महत्व बढ्दै गए पनि कम समयमै ठूलो धनराशि आर्जन गर्ने दाउमा थुप्रै आपराधिक र ठगीका घटना भइरहेका छन्।

छिमेकी मुलुक भारतमा बीमा धोकाधडीका घटना दैनिकजसो भइरहेका हुन्छन्। केही समयपहिले बीमा पोलिसीको नाममा ठगी गर्ने ४ जना अभियुक्तलाई भारतको साइबर अपराध प्रहरी टोली इस्टले पक्राउ गरेको छ। १ करोड ९७ लाख ठगी मुद्दामा अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन्।

Esewa
Crest

सोधपुछका क्रममा यो आपराधिक गिरोहले हालसम्म ६० जनालाई यसरी ठगी गरेको खुलेको छ। उनीहरुले अहिलेसम्म ठगीबाट करिब ६ करोड रुपैयाँ कमाइसकेको प्रहरी अधिकारीहरुले अनुसन्धानका क्रममा पत्ता लगाएको छ।

एक व्यक्तिले २०२३ मे ६ मा साइबर क्राइम प्रहरी चौकीमा उजुरी दिएका थिए। जसमा बीमा पोलिसीमा केही समस्या भएको उल्लेख थियो। त्यसपछि बीमा कम्पनीको कर्मचारी भनी ठगी गिरोहले बोलाएर सम्झौताको नाममा बैंक खाताबाट १ करोड ९७ लाख रुपैयाँ ट्रान्सफर गरेको पाइएको थियो। प्रारम्भिक अनुसन्धानमा आरोप सत्य देखिएपछि साइबर क्राइम प्रहरी इस्टमा किटानी जाहेरी दर्ता गरिएको थियो।

अनुसन्धानका क्रममा साइबर क्राइम प्रहरी थाना इस्टका एसएचओ इन्स्पेक्टर जसवीरको टोलीले गिरोहका ४ जना अभियुक्तलाई गत १६ डिसेम्बर पक्राउ गरेको हो। उनीहरुको पहिचान गाजियाबादको मधुपुरा विजयनगर निवासी परविन्द्र उर्फ भुरा, लोनी रोड निवासी मोहित कौशिक, प्रताप विहार निवासी आकाश सक्सेना र नोएडाको बरोला निवासी विजय सिंहका रुपमा गरिएको थियो। सोधपुछका क्रममा उजुरीकर्ताले बीमा कम्पनीमा पोलिसीमा समस्या आएको भन्दै उजुरी दिएको खुलेको छ। अभियुक्तहरुले बीमा पोलिसी कम्पनीको कर्मचारी भनी ठगी गरेको पत्ता लागेको थियो।

अभियुक्त आकाश सक्सेनाले उजुरीकर्तासँग कुरा गरी फाइल चार्ज, टीडीएस र अन्य बत्ती चार्जको प्रलोभन देखाएर १ करोड ९७ लाख रुपैयाँ ठगी गरेको थियो। आरोपितले ठगी गरेको रकम १५ वटा बैंक खातामा ट्रान्सफर गरेका थिए। उनीहरुले परविन्द्र उर्फ भुरा र मोहितको खाताबाट ठगी गरेर पैसा निकाल्ने गरेका थिए। यसका लागि भुरा र मोहितले ८ प्रतिशत कमिसन लिएका थिए। आरोपित विजयले कमिसन काटेर त्यो पैसा ट्रान्सफर गर्थे।

अभियुक्तलाई ५ दिनको हिरासतमा राखेर सोधपुछ भइरहेको एसीपी साइबर क्राइम विपिन अहलावतले बताएका छन्। यो गिरोहले हालसम्म ६० जनासँग करिब ६ करोड रुपैयाँ ठगी गरेको उनको भनाइ छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS