IME Life New

बीमा नियमन पुनर्संरचनाबारे संसदमा बहस, बीमा प्राधिकरण ऐन तत्काल पास गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार अर्थ समितिमा बीमा प्राधिकरण विधेयकका बारेमा बिज्ञहरुसँग गरिएको छलफलको क्रममा बीमा क्षेत्रको नियमनलाई तत्काल पुनर्संरचना गर्न जरुरी भएकाले उक्त ऐन तत्काल पास गर्न माग गरिएकोछ । साथै उनले जतिसक्दो छिटो बीमा प्राधिकरण विधेयक संसदबाट पास गर्न माग गरेका छन् ।

बीमा समितिका पूर्व अध्यक्ष तथा प्रा.डा. फत्त बहादुर केसीले बीमा प्राधिकरण ऐन तत्काल पास गरेर बीमा नियमन जोखिमरहित बनाउनुपर्ने माग गरे । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको सभातित्वमा आयोजना गरिएको छलफलमा समितिका पूर्व अध्यक्ष तथा प्रा.डा. केसीले भने, ‘बीमाको बजार ठूलो भइसक्यो, बीमा कम्पनीहरु धेरै भए, बीमाको क्षेत्र पनि फराकिलो भइसक्यो, अहिलेको पद्धति र संरचनाबाट अलि पुग्दैन, फराकिलो, व्यवस्थित र प्रभावकारी नियमन ढिला भइसक्यो ।’

Esewa
Crest

छलफल कार्यक्रममा अर्थसचिव शिशिर ढुंगाना, प्राडा केसी र दुई वटा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई पनि निम्त्याएर छलफल गरिएको अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले बताए । प्रुडेन्सियल इन्स्योरेन्सका सिईओ बिके श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्सका सिईओ बीरेन्द्र बैदवारलाई बोलाइएको थियो । श्रेष्ठले बुँदागत सुझाव राखे भने सिद्धार्थका सिईओ बैदवारले व्यक्तिगत समस्या अर्थ समिति समक्ष राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS