IME Life New

बीमा धोकाधडी बढ्न थालेपछि एलआईसीले गरायो सचेत, अनधिकृत प्रस्तावबाट बच्न बीमितलाई सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा धोकाधडीका घटना बढ्न थालेपछि भारतीय जीवन बीमा निगम (एलआईसी)ले आफ्ना बीमितलाई सचेत गराएको छ। एलआईसीले अनधिकृत कारोबारमा संलग्न नहुन पनि बीमितहरुलाई सुझाव दिएको छ।

केही कम्पनीले पोलिसी सरेन्डर गर्ने नाममा एलआईसीका बीमितबाट पोलिसी हासिल गर्न खोजी रहेको खबर सार्वजनिक भएको थियो। सोही खबरलाई लिएर एलआईसीले एउटा विज्ञप्ति जारी गर्दै आफ्ना बीमितलाई सचेत रहन आग्रह गरेको हो।

Esewa
Crest

विज्ञप्तिमा कसैको प्रलोभनमा नपर्न बीमितलाई आग्रह गरिएको छ। ‘एलआईसीका बीमितबाट पोलिसी किन्न राम्रो रकम दिने प्रलोभन दिइरहेको भन्ने खबर आइरहेको छ, त्यसबाट सबै सचेत रहन आवश्यक छ’, एलआईसीले भनेको छ, ‘त्यस्ता घटनामा कम्पनी जबाफदेही हुने छैन।’

कुनै पनि युनिट वा संस्थाबाट जारी हुने प्रडक्ट वा सेवामा एलआईसीको सम्बद्धता नरहेको विज्ञप्ति स्पष्ट पारिएको छ। ‘पूर्वकर्मचारी वा पूर्वअभिकर्ताको बयान उनीहरुको व्यक्तिगत विचार हो’, विज्ञप्तिमा भनिएको छ, ‘एलआईसीले त्यसमा जिम्मेवारी वहन गर्ने छैन।’

आफ्नो बीमा पोलिसीबारे कुनै निर्णय लिनुअघि सावधानी अपनाउन पनि एलआईसीले आग्रह गरेको छ। ‘यसले बीमितको वित्तीय सुरक्षा र उसको परिवारको जोखिम कभर खतरामा पर्न सक्छ’, विज्ञप्तिमा भनिएको छ, ‘कसैले दिएको प्रस्तावलाई स्वीकार्नुअघि एलआईसीका अधिकारी वा शाखाहरुमा सम्पर्क गर्न आग्रह गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS