IME Life New

बीमा धोकाधडीः २ करोड डलर झ्वाम पार्न खोज्ने एक अमेरिकीलाई २० वर्ष जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा एक व्यक्तिले २ करोड अमेरिकी डलरको बीमा धाकोधडीमा दोषी ठहर भएका छन्।

अमेरिकाको मेरिल्यान्ड राज्यका जेम्स विल्सनले २ करोड अमेरिकी डलर (करिब पौने ३ अर्ब नेपाली रुपैयाँ)बराबरको बीमा धोकाधडी गर्न खोजेको मुद्दामा दोषी ठहर भएका हुन्। उनलाई गत बिहीबार मेरिल्यान्ड अदालतले बीमा धोकाधडीसँगै सम्पत्ति शुद्धीकरण, कीर्ते कागजात र व्यक्तिगत विवरण चोरीको मुद्दामा दोषी ठहर गरेको छ।

Esewa
Crest

मुद्दाको अनुसन्धान क्रममा अदालतले प्राप्त गरेको प्रमाणका आधारमा मेरिल्यान्डको वइङ्स मिल्सका विल्सनले विभिन्न बीमा कम्पनीमार्फत ३० वटा जीवन बीमा योजना लिएर ठगी गर्ने योजना बनाएका थिए। ती जीवन बीमा योजनामार्फत फर्जी दाबी पेस गरेर उनले मृत्यु लाभबापत २ करोड डलरबराबरको रकम हत्याउने योजना बनाएका थिए।

विल्सनले विभिन्न व्यक्तिगत लगानीकर्ताबाट रकम उठाएर ती बीमा योजनाको बीमाशुल्क बुझाएको पनि अनुसन्धानबाट खुलेको छ। बीमा धोकाधडीको योजनालाई मूर्त रुप दिन उनले विभिन्न बैंक खाताबाट बीमाशुल्क तिरेको पाइएको छ।

यसका साथै विल्सनले सन् २०१८ करिब ५७ लाख डलर र २०१९ मा २० लाख डलर व्यक्ति आयकर फिर्ताका लागि कीर्ते कागजात पेस गरेको पनि अदालतले ठहर गरेको छ। अदालतले अब मे १ मा विल्सनलाई दिइने सजाय निर्धारण गर्नेछ।

अमेरिकी कानुनअनुसार बीमा धोकाधडी, सम्पत्ति शुद्धीकरण, कीर्ते कागजात र व्यक्तिगत विवरण चोरीमा विल्सनले २० वर्ष जेल सजाय पाउन सक्ने देखिएको न्याय विभागअन्तर्गत कर महाशाखाका कामु नायब सहायक महान्यायधिवक्ता कारेन ई केल्लीले बताए। यो मुद्दाको अनुसन्धान मेरिल्यान्ड बीमा प्रशासक तथा मेरिल्यान्ड महान्यायधिवक्ताको कार्यालयको सहयोगमा आईआरएस क्रिमिनल इन्भेस्टिगेनले गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS