IME Life New

बीमा धोकाधडीः जमिनमुनि पुरेको शव निकालेर रचे आफ्नै मृत्युको नाटक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा फेरि बीमा धोकाधडीको अर्को सनसनीपूर्ण घटना सार्वजनिक भएको हो। यो घटना भारतको राजस्थानस्थित नाणाथान क्षेत्रको हो।

नाणाथानका ३२ वर्षीय कन्हैया लालले आफ्नै मृत्युको नाटक रचेर बीमाको १ करोड ३१ लाख रुपैयाँ कुम्ल्याउने कोसिस गरेको घटना सार्वजनिक भएको हो। उनको यो कोसिस सफल हुन भने सकेन।

Esewa
Crest

कन्हैयाले विभिन्न बीमा कम्पनीबाट ५०, ४०, ३१ र १० लाखको बीमा गरेका थिए। उनको बीमा पोलिसीमा आफ्ना भाइ ताराराम र भाइबुहारी विमलालाई हकदार बनाएका थिए।

कन्हैयाको ३ वर्षपहिले विवाह भएको थियो। विवाह गरेको १ वर्षमै कन्हैया दम्पतीको छोरी जन्मिइन्। तर, छोरी ६ महिनाको मात्रै हुँदा श्रीमतीले छाडेर गइन्। कन्हैया ऋणमा डुबेका थिए।

ऋण तिर्नका लागि कन्हैयाले बीमाको रकम हत्याउन एउटा सनसनीपूर्ण षड्यन्त्र रचे। उनले आफ्नै मृत्यु नाटकलाई वास्तविकता बनाउन आफ्ना साथी महेन्द्र उर्फ कालुको सहयोग लिएका थिए।

यो घटना अक्टोबर २१ को हो। त्यस दिन कन्हैयाले आफ्ना साथीहरुसँग मिलेर गाउँमै मृत्युपछि जमिनमा गाडिएका युवक मदन प्रजापतको शव निकाले। त्यसपछि शवलाई गाउँकै सेन्दला नदी किनारमा लगेर जलाए। घटनास्थल वास्तविकता देखाउन कन्हैयाको बाइक र जुत्ता त्यहीँ छाडिएको थियो।

स्थानीय प्रहरीले नदी किनारमा जलेको अवस्थामा शव फेला परेको जानकारी पाए। त्यसपछि प्रहरी टोली घटनास्थल पुग्यो। त्यहाँ रहेको बाइकको नम्बरका आधारमा प्रहरीले परिवारजनलाई सूचित गरे। त्यसपछि परिवारजनले शव कन्हैयाको भएको सनखात गरे।

प्रहरीले घटना शंकास्पद रहेको प्रारम्भिक अनुसन्धान पत्ता लगाए। किनकि टाउकोबाहेक शरीर पूर्ण रुपमा जलेको थियो। प्रहरीको उपस्थितिमा स्थानीय नाना चिकित्सालयमा शवको मेडिकल परीक्षण गरियो। परीक्षणमा शव कन्हैयाको नभएको पुष्टि भयो।

त्यसपछि प्रहरीले घटनामा संलग्नहरुको खोजतलास सुरु गर्यो। त्यस क्रममा प्रहरी टोलीले कन्हैयालाई अहमदाबाद जान लागेको अवस्थामा रेलवे स्टेसनबाट पक्राउ गर्न सफल भयो। हाल कन्हैया प्रहरी हिरासतमा छन्। उनले घटना स्वीकार गरेका छन्।

कन्हैयाले ऋण तिर्नका लागि आफ्नै मृत्यु नाटक गरेर बीमाको रकम पाउन कम्पनीमा दाबी गरेको पनि प्रहरीसमक्ष बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS