IME Life New

बीमा दाबी गर्न घरमा आगजनीको योजना बुन्ने महिला पक्राउ, २० वर्ष जेल सजाय हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।अमेरिकामा एक महिलाले ठगी गरेर बीमाको दाबी गर्ने उद्देश्यले आफ्नै घरमा आगजनीको योजना बनाएको तथ्य प्रकाशमा आएको छ। ती महिलाले आगलागीको योजनामा सघाउन आफ्नो छिमेकीलाई ३० हजार अमेरिकी डलर रकम समेत दिएकी छिन् ।

गुप्तचर गतिविधिले आगलागीको योजना विफल पार्दै आगलागी हुनुअघि नै ती महिलालाई नियन्त्रणमा लिएको थियो । उनले गत हप्ता संघीय अदालतमा दोष स्वीकार गरिसकेकी छिन् । उनले गरेको अपराधमा २० वर्षको जेल सजाय हुने कानूनी प्रावधान छ।  यो घटना अमेरिकाको मध्यपश्चिमको इलिनोइस राज्यमा भएको हो । पक्राउ परेकी महिला ४७ वर्षीया रुफिस ए जेफरसन हुन्।

Esewa
Crest

इन्स्योरेन्स जर्नलले इलिनोइसको दक्षिणी जिल्लालाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारमा अदालतमा पेश भएका कागजातका अनुसार, बीमित जेफरसनले आफ्नो सेन्ट लुइस अपार्टमेन्टमा आगलागीका डिसेम्बर ३१, २०२२ मा छिमेकीलाई रकम भुक्तानी गरेको स्वीकार गरेकी थिइन् ।

स्पेनिस लेक अपार्टमेन्टमा नयाँ वर्षको पूर्वसन्ध्यामा आगोको अतिरिक्त, जेफरसनले ग्रेनाइट शहर र भेनिसमा दुई अतिरिक्त भवनहरू जलाउन नातेदारसँग षड्यन्त्र गरेकी थिइन्।मदिरा, तंबाकू, बन्दुक र विस्फोटक नियन्त्रण ब्यूरो (एटिएफ) ले यस गोप्य योजनाको बारेमा धेरै कुराकानी खुफियारुपमा रेकर्ड गर्यो, र इलिनोइसस्थित भवनहरुमा आगलागी हुनबाट रोक्न सफलता पायो ।

जेफर्सनलाई घटनाको सम्बन्धमा १४ वटा संघीय अपराधको आरोपमा दोषी ठहराइएको थियो। त्यसैगरी ग्रेनाइट सिटीकी ६१ वर्षीय युभेट बी ओस्वेग्बुलाई पनि घटनाको सम्बन्धमा १४ वटा संघीय अपराधको आरोप छ। जेफर्सनको सजायका लागि अन्तिम सुनुवाई आगामी अप्रिल २५, २०२४ मा हुने भएको छ।

अमेरिकी अधिवक्ता रेचेल ओड क्रोले भने, संघीय कानून अन्तर्गत, क्षतिपूर्तिको लागि बीमा दाबी फाइल गर्न र लाभ उठाउन आवासीय भवनमा जानाजानी आगजनी गर्नु ठगी हो। कानूनी माध्यमबाट यस्तो खतरनाक अपराधका दोषीलाई कारबाही गर्ने काम भई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS