IME Life New

बीमा गर्दा भवितव्य भए परिवारलाई राहत मिल्छ, नभए बचतको रुपमा लिनुपर्छ-आशिष सिंह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्सा शाखाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बीमितका परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

बाराको सुवर्णपुर गाउँपालिका ३ कवही गोठकी ३३ बर्षिय ललिता देवीको अचानक पेटमा दर्द भएपछि उपचारका लागि नजिकै रहेको कवही सामुदाहिक अस्पतालमा लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।

Esewa
Crest

मृत्यु भएको दुई साता नवित्दै आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी कार्यक्रमको आयोजना गरी बीमितका श्रीमान काशिलाल राउत यादवलाई कम्पनीका सहायक महाप्रबन्धक आशिष सिंहले ३ लाखको चेक हस्तान्तरण गरेका हुन ।

मृत्यु दावी रकम पाएपछि मृतका श्रीमान् काशिलालले प्राप्त रकमलाई छोरा छोरीको शिक्षा दिक्षामा खर्च गर्ने बताए । उनले भने, आफू त एक अक्षर पढेलेखेका छैन्, नपढेका कारण दैनिक जीवन विताउन कठिनाई भईरहेको छ, आफूले भोग्दै आएको कठिनाई भविष्यमा आफना छोरा छोरीले भोग्नु नपरोस भन्ने सोच बनाएकोले पाएको रकम छोरा छोरीको शिक्षा दिक्षामा नै खर्च गर्नेछु ।

कार्यक्रममा सिंहले श्रीमती गुमाएको परिवार प्रति समबेदना व्यक्त गर्दै बीमाबाट पाएको रकम सहि कामका लागि सदुपयोग गर्न आग्रह गरे । उनले भने, मानिसको जीवन मरनको कुनै निश्चित हुदैन अभिभावक गुमेमा कति पिढा हुन्छ, हामी बुझेका छौ, त्यसैले आफनो परिवारको भविष्यको लागि भएपनि प्रत्येक परिवारले बीमा गर्नुपर्छ ।

बीमाको विषयमा धेरै भ्रमको खेती हुने गरेको छ, तर अहिले भ्रमलाई चिर्न आवश्यक रहेको औल्याउँदै सिंहले भने, ग्रामीण भेगमा बीमा गर्नु भनेको काल निम्त्याउनु जस्तो भएको भन्ने गलत बुझाई रहेकोले बीमाले भवितव्य भए परिवारलाई राहत मिल्ने, नभए बचतको रुपमा लिनुपर्छ । कार्यक्रममा शाखाका लेखापाल राहुल सोनी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS