IME Life New

बीमा क्षेत्रमा हुने दावी दूरुपयोग रोक्न ‘इन्फरमेसन ब्यूरो’ खोल्न बीमा समितिको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमा लेखको दूरुपयोग रोक्न ‘इन्फरमेसन ब्यूरो’ गठन गरिने भएको छ। नियामक बीमा समितिले नयाँ ऐनको मस्यौदामा बैंकिङमा जस्तै इन्फरमेसन ब्यूरो स्थापनाको ब्यवस्था गरेको छ।

ब्यूरो कस्तो हुने भनी स्पस्ट खाका बनिसकेको भने छैन तर ‘इन्फरमेसन ब्यूरो’ गठन गरियो भने बैंकहरुमा कर्जा सूचना केन्द्र जस्तै प्रक्रृतिको ब्यूरो गठन हुने छ, यो प्रणालीमा कुनै बिमितले अन्य बिमककोमा बिमा गरेको नगरेको सजिलै हेर्न मिल्छ। बिमितले बिमा गरिसके पछि सबै कम्पनीले बिमितको सम्पूर्ण जानकारी ‘इन्फरमेसन ब्यूरो’ मा पठाउनु पर्ने हुन्छ।

Esewa
Crest

समितिले प्रस्ताव गरेको ब्यवस्था ऐनका रुपमा आएमा बीमा समितिले बीमा कम्पनीहरुसँग मिलेर ब्यूरो बनाउने छ। यसले एकै ब्यक्ति तथा संस्थाले फरक फरक निकायसँग बीमा गरी चारैतिरबाट फाइदा लिने प्रबृत्तिको अन्त्य गर्ने समितिको योजना हो।

‘बैंकिङमा कर्जा सुचना केन्द्रजस्तै बीमाको पनि ब्यूरोमा बीमा लेखको जानकारी गराइन्छ’ समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले भने, ‘त्यसपछि बीमा लेख दोहोरिने वा दूरुपयोग हुने संभावना न्यून भएर जान्छ।’

पछिल्लो समय एउटै सामानको तीन/चार ठाउँमा बीमा गर्ने प्रबृत्ति बढेको छ। अनि क्षति देखाएर चारै कम्पनीमा बीमा दावी गरिन्छ। ‘समितिमा बीमा लेख दूरुपयोगको धेरै गुनासा र समस्याहरु आइरहेका छन्’ अध्यक्ष चापागाईँले भने, ‘छुट्टै सुचना केन्द्र बनाएमा दूरुपयोग रोकिन्छ।’ यो प्रबिधि निर्जिबन बीमाको लागि प्रभाबकरी हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS