IME Life New

बीमा क्षेत्रमा थप असल अभ्यास निर्माण गर्नुपर्छः नवनियुक्त अध्यक्ष ओझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा थप असल अभ्यास निर्माण गर्नुपर्ने बताएका छन्।

प्राधिकरणको कार्यालयमा आज कार्यभार सम्हालेपछि आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त अध्यक्ष ओझाले यस्तो धारणा राखेका हुन्। ‘असल अभ्यासका मोडलहरु बनाउँदै आगामी दिन निरन्तरता दिने वातावरण बनाउनुपर्छ’, उनले भने।

Esewa
Crest

अध्यक्ष ओझाले बीमक र बीमितको हित संरक्षण गर्न असल अभ्यासहरु आवश्यक रहेको बताए। ‘हाम्रो मूल म्यान्टेड भनेकै बीमा बजारमा स्वच्छ बनाउन र प्रतिस्पर्धी बनाउने रहेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासहरुलाई अनुशरण गर्नुपर्छ।’

बीमा नियमावलीका विषयमा केही कुराहरु उठिरहेकोले त्यसलाई पनि सम्बोधन गर्नुपर्ने ओझाले बताए। ‘नियामकको हिसाबले बीमा क्षेत्रलाई व्यवस्थित गर्न कानुनले तय गरेका मापदण्डअनुसार चल्नुपर्छ’, उनले भने, ‘यस क्षेत्रमा थिति बसाल्ने जिम्मेवारी पनि हाम्रै छ।’

अध्यक्ष ओझाले नियामकले कारबाही गर्नेमात्रै उपलब्धि नहुने बताए। ‘नियामकले बीमा क्षेत्रलाई सबल बनाउने गरी भूमिका खेल्नुपर्छ’, उनले भने।

कार्यक्रममा बीमा प्राधिकरणका कर्मचारीहरुले नवनियुक्त अध्यक्ष ओझालाई बधाइ र शुभकामना दिँदै साथ र सहयोग सधैँ रहने बताए थिए।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS