IME Life New

बीमा क्षेत्रको सुधारका लागि नियामकीय व्यवस्थामा कडाइ गर्दै चीन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीन सरकारले बीमा क्षेत्रको नियामकीय व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ।

चीनको स्टेट काउन्सिलले बीमाको क्षेत्रको जोखिम न्यूनीकरण गर्न नियामकीय व्यवस्थामा कडाइ गर्न दिशानिर्देश जारी गर्ने घोषणा गरेको हो। समग्र बीमा क्षेत्रको अवस्थामा सुधार ल्याउन र नयाँ बीमा एजेन्सीलाई लाइसेन्स लिने प्रावधानमा कस्न चीनले नयाँ दिशानिर्देश जारी गर्ने निर्णय गरेको हो।

Esewa
Crest

चीन सरकारले बीमा संगठनहरुभित्रका जोखिमलाई सम्बोधन गर्न सुधारमा सहभागी हुन योग्य उद्यमहरुलाई पनि समर्थन गर्ने निर्णय गरेको छ।

योग्यता मापदण्ड पूरा गर्ने विदेशी बीमा कम्पनीलाई चीनमा कानुनी संस्था र शाखा स्थापना गर्न समर्थन गरिन पनि चीन सरकारले जनाएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS