IME Life New

बीमा क्षेत्रको पहिलो मर्चेन्ट बैंक विधिवत रुपमै बन्यो ‘एशियन क्यापिटल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेण्ट बैंकिङ प्राप्ति गरी एशियन क्यापिटल बनाएको छ । प्राप्ति सँगै नाम परिवर्तन पछि यो बीमा क्षेत्रकै पहिलो मर्चेन्ट बेंकिङ बन्न सफल भएको हो ।

Esewa
Crest

कम्पनीको गत कार्तिक १२ गते सम्पन्न भएको साधारणसभाको निर्णय अनुसार साविक वेल्थ म्यानेजमेन्टको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ती तथा तिर्नु बेहोर्नु पर्ने ऋण धन, कर दायित्व सकार्ने बेहोर्ने निर्णय गरेको थियो । उक्त दायित्व सकार्नुका साथै नाम पनि परिवर्तन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कम्पनीले पुस ८ गते कम्पनी रजिस्टार्ड कार्यालयबाट नाम परिवर्तनको स्वीकृति पाएको थियो ।

गत असारमा एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको थियो । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका थिए ।

संझौतापछि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५१ प्रतिशत शेयर स्वामित्व कायम भएको थियो । यस क्यापिटलले लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS