IME Life New

बीमा कम्पनीहरूले बीमा गर्न आकर्षित गर्ने तर दाबी भुक्तानीमा भने बहाना बनाउनेः उपप्रमुख चौधरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको रामग्राम नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बीमा व्यक्ति र सम्पत्तिको जोखिमसँग जोडिएको विषय भएकाले कुन कुनको बीमा हुन्छ र कुन-कुनको बीमा हुँदैन भन्ने बारेमा सबैलाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रमुख यादवले जोखिम कम भएकाको बीमा सहज तरिकाले हुने तर बढी जोखिम देखिएको भने बीमा गर्न कठिन हुने समस्या देखिएको बताए । रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बीमा कम्पनीहरूले बीमा गर्न आकर्षित गर्ने तर दाबी भुक्तानीका समयमा भने विभिन्न बहाना बनाउने जस्ता समस्या रहेको उल्लेख गर्दै दाबी भुक्तानीलाई सहज बनाउने भएमा बीमाको पहुँच विस्तारमा समन्वय गर्न नगरपालिका तयार रहेको बताइन् ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुहुँदै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले कृषि बीमाको दाबी भुक्तानी दुई वर्षसम्म पनि नपाएको, कोरोना बीमाको दाबी भुक्तानी अmझैसम्म नभएको, बीमा सजिलै गर्र्ने तर दाबी भुक्तानीका बेला अनेक कागजात मागेर हैरान गर्ने गरेको, काँटो इँटाको बीमा गर्न नमानेको लगायतका गुनासहरू गरेका थिए ।

कार्यक्रममा रामग्राम नगरपालिकाका वडा अध्यक्ष, कार्यकारी सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख/प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS