IME Life New

बीमा कम्पनीले सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्नु पर्ने भएको छ । हालसम्म कम्पनी ऐन अनुसार मुनाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आइरहेका बीमा कम्पनीहरुलाई बीमा समितिले संस्थागत सुशासन निर्देशिका २०७४ को दफा ५७ को ‘ख’ थप गरि यस्तो व्यवस्था थप गरेको हो ।

बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा क्रियाशील हुन प्रत्येक वर्षको खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्याउनु पर्नेछ । कम्पनीले यस्तो रकम शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता तथा समितिले समय-समयमा तोकी दिएका अन्य क्षेत्रहरुमा खर्च गर्नु पर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS