IME Life New

‘बीमा कम्पनीको सिइओको नियुक्तिका लागि प्राधिकरणको ढोकामा धाउनु नपर्ने’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यवाहक अध्यक्ष मदन कुमार दाहालले प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि प्राधिकरणको स्वीकृति कुर्नु नपर्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार आयोजना गरेको बीमा क्षेत्रको समस्या समाधान विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने, बीमा ऐन २०७९ अनुसार सञ्चालक समितिले नियुक्तिको जानकारी मात्र गराए पुग्छ, प्राधिकरणबाट स्वीकृति कुर्नुपर्दैन।

Esewa
Crest

ऐनले पूर्व स्वीकृतिको प्रावधान खारेजी गरिदिए पनि  ऐन लागू भएको दुई वर्षसम्म पनि प्राधिकरणका अधिकारीहरूले बीमकको संस्थागत सुशासन निर्देशिका तेर्स्याउँदै पूर्व स्वीकृतिलाई अनिवार्य गर्दै आएका थिए । प्रमुख कार्यकारीको नियुक्तिको लागि ऐनमै नभएको पूर्व स्वीकृति दिने बहानामा प्राधिकरणका उच्च पदस्थ अधिकारीले अनुचित लाभ लिंदै आएका थिए ।

अध्यक्ष दाहालले बीमितबाट विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी लिई रहेका बीमकले दाबी भुक्तानी समेत बीमितको खातामै हुने गरी व्यवस्था गर्न समेत निर्देशन दिने निर्णय बोर्डले गरेको जानकारी गराए ।

पछिल्लो समयमा जीवन बीमा क्षेत्रमा बीमालेख समर्पण चुनाैतीका रूपमा देखिएको भन्दै अध्यक्ष दाहालले बीमालेखको अनपेक्षित समर्पणलाइ निरूत्साहित गर्दै वास्तविक समर्पणको कारण समेत पहिचान गरेर सम्बोधनको प्रयास गरिनुपर्ने धारणा समेत व्यक्त गरे ।

खुकुरीभन्दा कर्द लाग्ने, बीमा ऐनभन्दा पनि बीमा प्राधिकरणको निर्देशिका जान्ने !

बीमा क्षेत्रको सुधारका लागि सबै पक्ष पूर्णरूपमा जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै दाहालले  प्रचलित नियमन कानूनको उलंघन गर्ने बीमकलाई दण्डित र पालना गर्नेलाई पुरस्कृत गर्ने अभ्यास आफूले शुरू गर्न लागेको जानकारी गराए । उनले अरूबाट संस्थागत सुशासनको अपेक्षा गर्नेले आफ्नो संस्थाभित्र पनि सुशासनको पूर्ण पालना गर्नुपर्ने धारणा व्यक्त गरे।

पेशागत चार्टर्ड अकाउण्टेण्टले जस्तै अभिकर्ताको इजाजत पत्र नविकरणका लागि पनि सम्बन्धित अभिकर्ताले प्रत्येक वर्ष निश्चित समयावधिको तालिम लिएकै हुनुपर्ने प्रावधान लागू गर्न आफूले प्रयास गरिरहेको उनले जानकारी गराए ।

श्रम ऐनको कार्यान्वयनमा सम्बन्धित कर्मचारी स्वयम सचेत हुनुपर्ने भन्दै कावा अध्यक्ष दाहालले श्रम ऐनको कार्यान्वयन गर्ने निकाय श्रम विभाग भएकाले त्यहाँ घचघच्याउन युनियन नेतृत्वलाइ सुझाव दिए । उनले बीमा कम्पनीका कर्मचारीको न्यूनत्तम सेवा सुविधा तोक्ने काममा प्राधिकरणको तर्फबाट पहल हुन सक्ने बताए ।

कार्यवाहक अध्यक्ष दाहालले वैदेशिक रोजगार बीमालेखको बिक्रीमा क्यास ब्याकको आवरणमा देखिएको कमिशनको चक्र अस्वस्थ्य प्रतिस्पर्धालाई कम गर्नका लागि पुलको व्यवस्था गरिए पनि पुनः यसले विकृती ल्याउन नदिन सचेत रहन समेत सुझाव दिए । म्यादी बीमाको व्यापारमा देखिएको विकृतिबारे उल्लेख गर्दै कार्यवाहक अध्यक्ष दाहालले वैदेशिक रोजगार व्यापारीको ढोकामा बीमकको सिइओ धाएको देख्दा आफूलाई नरमाइलो लागेको समेत बताए ।

कार्यक्रममा जीवन बीमक संघ अध्यक्ष पोषक राज पाैडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारी, बीमा अभिकर्ता संघका प्रतिनिधि र बीमक कर्मचारी युनियनका प्रतिनिधिले समेत बीमा क्षेत्रको समस्या र चुनाैतबारे धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS