IME Life New

बीमा कम्पनीको जनशक्ति करिब १२ हजार पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जीवन तथा निर्जीवन बीमा कम्पनीमा प्रत्यक्ष कार्यरत जनशक्तिको संख्या १०.३१ प्रतिशतले वृद्धि भएको छ। बीमा समितिले प्रकाशन गरेको आवधिक तथ्याङ्क अनुसार गत आर्थिक वर्ष‌ २०७८/७९ मा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कूल १‌ हजार १ सय नौ जना जनशक्ति थप भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा १०‌‌ हजार ७ सय ५२ जनशक्ति कार्यरत रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा ११ हजार ८‌ सय ६१ जना कार्यरत रहेका छन्। एकीकृत तथ्याङ्कका अनुसार वर्ष भरमा १ हजार १‌सयको‌ हाराहारीमा नयाँ जनशक्ति थप भएको देखिएपनि वास्तवमा यो भन्दा बढी संख्यामा कर्मचारी नियुक्त गरिएका छन्। व्यवस्थापनको दबाबका कारण राजीनामा दिने वा स्वेच्छिक राजीनामा दिने कर्मचारीको संख्याका कारण नयाँ थपिएका सबै जनशक्तिको वास्तविक संख्या यो तथ्याङ्कमा खुल्न नसकेको हो।

Esewa
Crest

बीमा कम्पनीका अनुसार नयाँ नियुक्ति गरिएकाहरुमध्ये निश्चित व्यवसायीक लक्ष्य पुरा गर्ने शर्तमा बीमा व्यवसाय प्रवर्द्धनको जिम्मेवारी लिएर‌ नियुक्त हुनेको संख्या प्रशासनिक कामका लागि नियुक्त गरिने कर्मचारीको संख्याभन्दा बढी हुन्छ। साथै बीमा व्यवसाय प्रवर्द्धनको लक्ष्य पुरा गर्न नसकेपछि जागिर गुमाउनेको संख्या पनि प्रशासनिक जिम्मेवारीमा खटिने कर्मचारीको तुलनामा बढी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS