IME Life New

बीमा कम्पनीकै कर्मचारीको मिलेमतोमा कोरोना बीमाको दाबीमा ४ करोड रूपैयाँकाे ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बजाज एलियान्ज जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत चार कर्मचारीले कोरोना महामारी विरूद्धको उपचार सुविधा भएको कोरोना कवच बीमा योजना अन्तर्गत फर्जी दाबीमार्फत् भारू २.२३ करोड (करिब ४ करोड नेपाली रूपैयाँ) ठगी गरेका छन् ।

कोरोना बीमा अन्तर्गत कोरोना संक्रमित भएर अस्पतालमा उपचार नै नगराएका परिवारका सदस्य र आफन्तजनको समेत नाम जोडेर आरोपितले बीमा रकम दाबी भुक्तानी लिएका छन् । प्रहरीले इन्स्योरेन्स कम्पनीका चारजना कर्मचारीविरूद्ध जाहेरी दर्तासँगै अनुसन्धान शुरू गरेपनि आरोपितहरू पक्राउ परेका छैनन् ।

Esewa
Crest

द इण्डियन एक्सप्रेसले पुणेका वरिष्ठ प्रहरी निरीक्षक आनन्दराव खोबरेलाइ उद्घृत गर्दै लेखेको छ, कोरोना कवच र अन्य स्वास्थ्य बीमालेख अन्तर्गत पेश गरिएका ९७ वटा उपचार खर्च सोधभर्ना गरेर २ करोड २३ लाख भारू ठगी गरेको आरोपमा पुणेमा चार बीमा कम्पनीका कर्मचारीविरूद्ध मुद्दा दायर गरिएको छ।

आफ्ना कर्मचारीविरूद्ध बजाज एलियान्ज जनरल इन्स्योरेन्स कम्पनीका एक अधिकारीले बुधबार विमन्तल प्रहरी चौकीमा जाहेरी दिएका थिए । जाहेरीमा इन्स्योरेन्सका कर्मचारी रोहन गलाण्डे, मधुकर काम्बले, सुभाष शेवाले र विजय थोमसलाइ आरोपित बनाइएको छ ।

आरोपितहरूले मार्च २०२० देखि डिसेम्बर २०२१ को बीचको अवधिमा यस्तो दाबी भुक्तानी लिएका हुन् । कम्पनीले विस्तृत लेखा परिक्षणका क्रममा उनीहरूको ठगी पत्ता लागेको हो । क्षतिपूर्ती दाबीका लागि आरोपितहरूले प्रस्ताव फारममा छेडछाड गर्नुका साथै स्वास्थ्य उपचारका कागजहरू पनि फर्जी संलग्न गरेका थिए । यही कागज प्रमाणको आधारमा परिवारजन र साथीहरूको खातामा दाबी रकम भुक्तानी पठाएका थिए र पछि आफ्नो खातामा उक्त रकम सारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

80%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS