IME Life New

बीमा कम्पनीकाे शाखा स्थानान्तरण गर्दा पूर्व स्वीकृति लिनु पर्ने कि नपर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बीमा कम्पनीले शाखा कार्यालयहरु ठूला शहरी क्षेत्रकाे उही वडाभित्र स्थानान्तरण गर्नुपर्दा नेपाल बीमा प्राधिकरणकाे पूर्व स्वीकृति लिनु नपर्ने भएकाे छ।बीमककाे शाखा स‌ंचालन सम्बन्धि निर्देशिका २०७९ जारी गर्दै प्राधिकरणले शाखा स‌ंचालन सम्बन्धी व्यवस्थामा एकरूपता ल्याउन खाेजेकाे छ।

प्राधिकरणले जारी गरेकाे नयाँ निर्देशिकाकाे दफा १२ काे उपदफा ३ मा महानगरपालिका र नगरपालिकाकाे उही वडा भित्र र गाउँपालिकाकाे हकमा साेही गाउँपालिकाकाे कुनै अन्य स्थानमा पूर्व स्वीकृत शाखा, उपशाखा वा एक्सटेन्सन काउण्टर स्थानान्तरण गर्नुपरेकाे अवस्थामा पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएकाे छ।

Esewa
Crest

दफा १२ काे उपदफा १ मा शाखा,उपशाखा कार्यालय बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्नका लागी प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्ने प्रावधान छ ।  त्यसैगरी उपदफा २ मा शाखा,उपशाखा कार्यालय बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्नका लागी बीमककाे संचालक समितिकाे निर्णयसहित बीमा प्राधिकरण समक्ष पूर्व स्वीकृतिका लागी निवेदन दिनुपर्ने प्रावधान लागू गरिएकाे छ।

यसअघि स्पष्ट निर्देशिका नभएकाले प्राधिकरणले नयाँ शाखा,उपशाखा संचालनकाे स्वीकृति प्रदान गरेकाे पत्रहरूमध्ये कुनै पत्रमा शाखा,उपशाखा स्थानान्तरण गर्नुपूर्व नै प्राधिकरणकाे स्वीकृति लिनुपर्ने र कुनै पत्रमा शाखा,उपशाखा स्थानान्तरण गरिएकाे सात दिनभित्र लिखित जानकारी गराए पुग्ने गरी दुई थरी विराेधाभाषपूर्ण प्रावधानका कारण बीमकबीच अन्याैलताकाे अवस्था रहेकाे थियाे ।

प्राधिकरण संचालक समितिबाट गत फागुन १९ गते नै स्वीकृत गरिएकाे भएपनि नेपाल बीमा प्राधिकरणले बीमककाे शाखा, उपशाखा कार्यालय संचालनकाे पूर्व स्वीकृति र संचालनलाई व्यवस्थित गर्नका लागी बीमककाे शाखा स‌ंचालन सम्बन्धि निर्देशिका चैत्र ९ गते मात्र       सार्वजनिक गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS