IME Life New

बीमा कम्पनीकाे वित्तीय अवस्था नाजुक भएपछि बंगलादेशले पनि साेल्भेन्सी मार्जिन लागू गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । कमजाेर वित्तीय अवस्थाबाट गुज्रिरहेकाे ब‌ंगलादेशकाे बीमा कम्पनीहरूकाे भुक्तानी गर्न सक्ने क्षमता सुधार गर्नका लागी बीमा विकास र नियामक प्राधिकरणले केही नियामकीय प्रावधानहरूमा परिवर्तन गर्ने भएकाे छ। आइडिआरएले निर्जीवन बीमा कम्पनीहरूले बहन गर्ने जाेखिमकाे आधारमा  ४० प्रतिशत र १०० प्रतिशतकाे बीचमा साेल्भेन्सी मार्जिनको रूपमा रिजर्भ राख्नुपर्ने लगायतका प्रावधान लागू गर्ने तयारी गरेकाे हाे ।

प्रस्तावित सोल्भेन्सी मार्जिन नियमावलीले बीमा क्षेत्रको जोखिम बहन क्षमता बढाएर वित्तीय दायीत्व भुक्तानीमा भइरहेकाे ढिलासुस्ती समेत हटाउँदै लैजाने लक्ष्य राखेको छ । बंगलादेशी जीवन वा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय आधार निकै कमजोर छ । कुनै पनि निर्जीवन बीमा कम्पनीले दाबी परे लगत्तै वा  जीवन बीमा कम्पनीले बीमालेख परिपक्व भएलगत्तै बीमा दाबी भुक्तानी गर्न सक्ने अवस्थामा छैन । बीमितले दाबी भुक्तानीकाे  लागी वर्ष दिनभन्दा बढी कुर्नुपर्ने र त्यसपछि पनि भुक्तानी पाइने नपाइने टु‌ंगाे नभएका कारण बीमा क्षेत्रप्रति जनताको विश्वास घटाएको द बिजनेस स्ट्यान्डर्ड बंगलादेशकाे अनलाइन संस्करणले उल्लेख गरेकाे छ।

Esewa
Crest

नियमावलीको मस्यौदा अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखाले अप्रिल ६ तारेख २०२३ मा सार्वजनिक गरेको थियो  १५ दिनभित्र प्रस्तावित नियमावलीका सम्बन्धमा आवश्यक सुझाव पेश गर्नका लागी महाशाखाले अनुराेध गरेकाे छ ।

मस्यौदा अनुसार बीमा कम्पनीहरूले अग्नि बीमालेखका लागी ४० प्रतिशत जगेडा कायम गर्नुपर्नेछ। समुद्री बीमा, ५० प्रतिशत; समुद्री हाउल १०० प्रतिशत, मोटर बीमामा ४० प्रतिशत, उड्डयन बीमामा शत प्रतिशत, विविध जोखिममा ५० प्रतिशत र स्वास्थ्य बीमाका लागी शत प्रतिशत संचिती कायम गर्नुपर्ने प्रस्ताव गरिएकाे छ। कम्पनीले आफ्नो नाफाबाट संचितीकाे व्यवस्था गर्नुपर्नेछ । यदि नाफाबाट संभव नभए थप पूँजी जुटाएरै भएपनि व्यवस्था गर्नुपर्नेछ। कम सञ्चिति भएका बीमा कम्पनीहरूले सोल्भेन्सी मार्जिन नियमावली लागू भएपछि ठूला जाेखिम बहन गर्ने गरी बीमालेखबरू बिक्री गर्न पाउने छैनन्। बंगलादेशमा ३५ जीवन बीमा समे ८१ बीमा कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS