IME Life New

बीमा एजेन्ट बनेर काम गर्दै थिए अपहरणकारी, २२ वर्षपछि प्रहरीको फन्दामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको उत्तर प्रदेशमा २२ वर्षअघि एक किशोरीलाई अपहरण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सन् २००२ मा किशोरीलाई अपराध गरेपछि ती अपराहकारीले आफ्नो नाम परिवर्तन गरेर अर्को राज्यमा गएर बीमा एजेन्टका रुपमा काम गरिरहेका थिए।

जुबैर नामका ती अभियुक्त सन् २००२ देखि विजय पुण्डिर नामको नक्कली परिचय लिएर उत्तराखण्डको राजधानी देहरादुनमा बस्दै आएको प्रहरीले जनाएको छ। उनले मार्कसिटसहितको नक्कली कागजपत्र पनि बनाएर बीमा एजेन्टका रुपमा काम गर्दै आएका थिए।

Esewa
Crest

समाचार एजेन्सी पीटीआईका अनुसार सहारनपुरका पुलिस अधीक्षक (ग्रामीण) सागर जैनले सन् २००२ जुन १६ मा एक व्यक्तिले गगलहेराही पुलिस स्टेसनमा जुबैरले उनकी १७ वर्षीया छोरीलाई अपहरण गरेको उजुरी दिएका थिए। प्रहरीले मुद्दा दर्ता गरी उनको खोजी सुरु गरेको थियो। तर, जुबैर र ती किशोरीको कुनै पत्ता लाग्न सकेको थिएन।

२२ वर्षपछि प्रहरीले देहरादुनको झिभेरेडी गाउँका ४० वर्षीय जुबैर उर्फ विजय पुण्डिरलाई पक्राउ गरेको छ। जुबैर मूल रुपमा उत्तराखण्ड हरिद्वारका बासिन्दा हुन्।

घटनाको थप अनुसन्धान भइरहेको जैनले बताए। ती किशोरी अहिले कहाँ छिन् भने पनि जुबैरसँग सोधपुछ भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS