IME Life New

बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरणको म्याद थप भएन, चैत्र मसान्तभित्र बैंकमा रकम जम्मा नगरे जरिवना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आज जारी गरेको निर्देशन अनुसार बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण गर्ने चैत्र मसान्त सम्मको म्यादमा कुनै छुट दिइएको छैन । तर, बीमा समितिले केही सहज भने बनाएको छ ।

बीमा कम्पनीमा कार्यरत सर्भेयर तथा अभिकर्ताहरुले बीमा कम्पनीमा गई कागजात पेश गर्नुपर्ने झन्झट हटाएर समितिको बैंक खाता रहेको नबिल बैंकमा रकम जम्मा मात्रै गरेमा स्वतः नविकरण हुने व्यवस्था गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

Esewa
Crest

आज जारी गरेको निर्देशनमा अभिकर्ता तथा सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद थप गरेको भन्ने व्यहोरा उल्लेख नभए पनि लकडाउनको समयावधी बढाएको खण्डमा पुनः अर्को सूचनामार्फत म्याद थप गरिने बीमा समितिको भनाई छ । समिति स्रोतले भन्यो, ‘तत्कालको लागि सरकारले २१ गतेसम्म मात्रै लामो दुरीको यातायातका साधन स्थगित गर्ने निर्णय गरेकोले म्याद थप नगरिएको हो, लकडाउनको अवधी बढेमा म्याद थपको व्यवस्था हुनेछ ।’

अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण सहज बनाइएको बीमा समितिले दावी गरेको छ । ‘बीमा कम्पनीले नै कम्पनीको खातामा रकम जम्मा गरेमा समेत अभिकर्ता तथा सर्भेयरको लाईसेन्स नविकरण हुनेछ, कागजात पछि सहज भएपछि पेश गर्दा समेत जरिवना लाग्नेछैन ।’ कार्यकारी निर्देशक पौडेलले भने ।

तर, अभिकर्ताहरुले भने बाहिर निस्केमा छ महिना जेल जाने ऐन सक्रिय भएको बेला बैंकमा रकम जम्मा गर भनेर निर्देशन दिनु अमानवीय निर्णय भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS