IME Life New

बीमा अभिकर्तामाथि प्रथम त्रैमासको दवाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिनै लाग्दा जीवन बीमा कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु कम्पनीले दिएको टार्गेट पुरा गर्नका लागि दवाव झेलिरहेका छन् । अधिकांश बीमा अभिकर्ताहरुको टेलिफोन व्यस्त छ भने बीमा बाहेकको अन्य कुराकानी गर्न समेत झन्झट मान्दछन् । कम्पनीहरुले प्रथम त्रैमासको अन्त्यमा आफ्नो वित्तीय विवरण राम्रो बनाउन एजेन्सीहरुलाई दवाव दिइरहेका छन् । शाखा कार्यालय तथा बीमा अभिकर्ताहरु यतिबेला निकै नै दवाव रहेको इन्स्योरेन्स खवरसँगको कुरानकानीमा स्वीकार गर्दछन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका नेपाल टप भइसकेका एजेन्सी म्यानेजर शंकर लामिछाने अशान्तले इन्स्योरेन्स खवरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘पहिलो वर्षको क्लोजिङका लागि दवाव आउनु स्वाभाविक नै हो ।’ उनले सकेसम्म सबैलाई दवाव दिएर पहिलो वित्तीय विवरण राम्रो देखाउन सबै कम्पनीहरु लागेको बताए । असान्तले भने ‘यस्तो बेलामा यो उ भन्ने नै हुँदैन, सबै एजेन्सी, अभिकर्ता तथा शाखा कार्यालयहरु टार्गेट पुर्याउने दवावमा छन् ।’

Esewa
Crest

कम्पनीहरुले आफुहरुलाई दिएको टार्गेट पुरा गर्नका लागि लागि परिरहेको लामो समयदेखि सक्रिय रुपमा कार्यरत रहेका बीमा अभिकर्ताहरु बताउँछन् ।

लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएका ऋषि राम भुसालले आफु यति बेला टार्गेट पूरा गर्नका लागि खटेको बताए । कम्पनीले दिएको टार्गेटलाई भुसाल सकारात्मक रुपमा लिन्छन् । ब्यबस्थापन संकायमा स्नातक तह उत्तिर्ण गेरेका ऋषिराम भुसाल २०६१ आश्विन १३ गते देखि अभिकर्ता पेशामा सक्रिय रुपमा रहँदै आएका छन् ।

नयाँ कम्पनीहरु बजारमा आएसँगै आफुहरुलाई कम्पनीले दिएको टार्गेट पुरा गर्नका लागि गार्हो भएको उनले बताए । “बजारमा एकै पटक नयाँ बीमा कम्पनीहरु बजारमा आउनु, नयाँ बीमा कम्पनीमा आवद्ध रहेका अभिकर्ताहरुले बजारमा भ्रम श्रृजना गर्नु जस्ता समस्याले गर्दा कम्पनीले दिएको टार्गेट पुरा गर्न कठिन रहेको अवश्था छ ।”

२०६६ सालदेखि लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) मा अभिकर्ताका रुपमा कार्यरत रहँदै आएकी राम माया घिमिरेको पनि गुनाँसो भुसालको भन्दा फरक छैन् । दिनरात खटिरहँदा पनि कम्पनीले दिएको टार्गेट पुर्याउन हम्मे हम्मे परेको उनको भोगाई छ ।

“नयाँ कम्पनी बजारमा एकै पटक आउँनु र अभिकर्ताहरुको संख्यामा वृद्धि आउनु जसले गर्दा कम्पनीले दिएको टार्गेट पूरा गर्नका लागि गार्हो  परेको छ ।” उनले भनिन् । नियामक निकायले राम्रोसँग अनुगमन गर्न नसक्दा अभिकर्ताहरुको लाइसेन्स घरघरमै पुग्ने वातावरण श्रृजना भएकोले गर्दा पनि होला पोहोर सालको तुलनामा भन्दा यसपालि अलि गार्हो परेको उनले बताईन् ।

त्यस्तै, सन् २००३ देखि एलआइसी नेपालमा बीमा अभिकर्ताका रुपमा कार्यरत मिना कुमारी कटुवालको अनुभव पनि त्यस्तै छ । अहिले कटुवाल पनि कामको प्रेसर मै छिन् । अफिसबाट दिनानुदिन फोन आउने गरेको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS