IME Life New

बीमाको ५० लाख हत्याउन छोराले गरे आमाको हत्या, यसरी घट्यो यो दर्दनाक घटना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमाको रकम हत्याउन एक युवकले आफ्नै आमाको हत्या गरेको दर्दनाक घटना सर्वाजनिक भएको छ। यो घटना भारतको उत्तर प्रदेशको फतेहपुर जिल्लाको हो।

फतेहपुरमा बीमाको ५० लाख रुपैयाँ लिनका लागि छोराले आमाको हत्या गरेका हुन्। उनले आमाको हत्या गरी शव बोरामा हालेर ट्रयाक्टरको ट्रलीमा राखेर यमुना नदीको किनारमा फ्याँकिदिएका थिए। शव खोला किनारमा फालेर उनी भागेका थिए। अहिले स्थानीय प्रहरीले ती युवकको खोजी गरिरहेको छ।

Esewa
Crest

यो पूरा मामला फतेहपुर जिल्लाको धाता थाना क्षेत्रको अधौली गाउँको हो। स्थानीय ४८ वर्षीय रोशन सिंह आफ्नी पत्नी प्रभादेवी र छोरा हिमांशुसँग बसोबास गर्थे। रोशन हरेक मंगलबार चित्रकूटको राजपुरमा रहेको हनुमान मन्दिरको दर्शन गर्न जाने गर्थे। गत मंगलबार राति पनि दर्शन गर्न गएको रोशनले बताए। घर फर्किएपछि पत्नी प्रभा घरमा नभेटेको उनले बताए। त्यसपछि छोरा हिमांशुलाई सोध्दा उनले सही जवाफ दिएनन्।

धेरै खोज्दा पनि प्रभाका बारेमा कुनै जानकारी नभेटिएपछि रोशन सुते। उनका छोरा पनि राति घरबाट निस्किए। त्यसपछि बिहान छिमेकीलाई पत्नीका बारेमा सोध्दा केहीले कुनै पनि जानकारी नभएको बताए।

केही छमेकी भने राति हिमांशुले बोरामा केही भरेर ट्रयाक्टर ट्रलीमा खोलातिर लगेको बताए। त्यसपछि रोशन खोलातिर लाग्दा लागे। उनले खोलाको किनारमा एउटा बोरा देखे। बोरा खोलेर भित्र प्रभाको शव देखेर उनी रुन कराउन थाले।

यो खबर पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर प्रभाको शवलाई आफ्नो नियन्त्रणमा लिएको थियो। प्रहरी सोधपुछका क्रममा रोशनले केही दिनअघि छोरा हिमांशुले आफ्नो र आफ्नी प्रभाको ५०–५० लाख रुपैयाँको बीमा गरेको बताए। उनले बीमाको पैसा पाउन छोराले आमाको हत्या गरेको आशंका व्यक्त गरे।

हाल रोशनको उजुरीमा मुद्दा दर्ता गरेपछि प्रहरीले हिमांशुको खोजी सुरु गरेको छ। हिमांशुलाई पक्रन प्रहरी टोली परिचालन गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS