IME Life New

बीमाको २ अर्ब पाउन बिहे गरेको ६ महिनामै पत्नीको हत्या, अदालतबाट मृत्युदण्डको सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको लिओनिङ प्रान्तमा बस्ने ४७ वर्षीय ली नामका पुरुषले सन् २०२१ को मे महिनामा आफ्नी पत्नीलाई जहाजबाट समुद्रमा धकेलेका थिए। उनले दुर्घटना भएको दाबी गरे पनि प्रहरी अनुसन्धानले हत्या भएको खुलेको छ। अहिले उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

लीले आफ्नी पत्नीको नाममा ४ वटा जीवन बीमा पोलिसी लिएका थिए। ती सबै पोलिसीमा उनले आफूलाई मात्र लाभार्थी बनाएका थिए। यी बीमा पोलिसीअन्तर्गत यात्राका क्रममा उनकी पत्नीको मृत्यु भएमा उनले १६ लाख अमेरिकी डलर (नेरु २ अर्ब १६ लाखबराबर) क्षतिपूर्ति पाउने थिए।

Esewa
Crest

लीकी पत्नी जहाजको कुनै पनि क्यामेराले निगरानी नगरेको ठाउँबाट खसेकी थिइन्। जहाजमा २०० भन्दा बढी क्यामेरा जडान भए पनि क्यामेरा जडान नभएको ठाउँमा घटना घटेको थियो।

फोरेन्सिक जाँचमा महिलाको अनुहारमा चोटको निसान भेटिएको थियो। लीले जतिसक्दो चाँडो आफ्नी पत्नीको मृत्यु प्रमाणपत्र प्राप्त गर्न र ३ दिनभित्र अन्तिम संस्कार गर्ने प्रयास गरे। प्रहरीले लीको सत्यतथ्य पत्ता लगाउन जाल बिछ्यायो। प्रहरीले सर्टिफिकेटका लागि बोलायो र लीको गतिविधिमाथि पनि निगरानी राख्यो।

ली एउटा रेस्टुरेन्ट चलाउँथे र प्रायः आफ्ना कर्मचारी र सामान आपूर्तिकर्तालाई भुक्तानी गर्न असमर्थ थिए। उनले अक्टोबर २०२० मा दुईपटक सम्बन्धविच्छेद गरेकी र दुई सन्तान भएकी महिलालाई विवाह गरेका थिए। विवाहको २ महिनापछि लीले पत्नीको नाममा ४ वटा जीवन बीमा पोलिसी खरिद गरेका थिए। लीको विवाहका बारेमा रेस्टुरेन्टका कर्मचारी र छिमेकीलाई पनि थाहै थिएन।

जहाजको रिमोट क्यामेराबाट फुटेजको जाँचले महिलालाई फ्याँकिएको फेला पारेको थियो। फुटेजमा कालो बाहुला देखाइएको थियो। जब कि लीले त्यो दिन कालो सुट लगाएका थिए। लीको गिरफ्तारीपछि पुलिसले पत्ता लगायो कि उनले आफ्नी पत्नीको मृत्युको केही समयपछि एक महिलालाई बोलाएको थिए।

प्रहरी अनुसन्धानबाट बीमाको रकम पाउनकै लागि लीले आफ्नी पत्नीको हत्या गरेको खुलेको थियो। त्यसपछि यो मामिला अदालतमा पुग्यो। अदालतले बीमा धोकाधडी र पत्नीको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS