IME Life New

बीमाको रकम हत्याउन नातिले पार गरे सबै हद, सर्पले टोकाएर हजुरआमाको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरि नै बीमासम्बन्धी धोकाधडी र आपराधिक गतिविधि पछिल्लो समय बढ्दै गइरहेको छ। बीमाको रकम हत्याउन विभिन्न किसिमका जालझेलदेखि लिएर जघन्य अपराधसम्म भएका घटनाहरु हुँदै आएका छन्। बीमाको रकम पाउन छिमेकी मुलुक भारतमा एक युवकले आफ्नै हजुरआमाको हत्या गरेको घटना सार्वजनिक भएको छ।

यो घटना भारतको छत्तीसगढको काँकेर जिल्लामा भएको हो। हत्याको यो सनसनीपूर्ण घटना हालै सार्वजनिक भएको छ। त्यहाँ १ करोड रुपैयाँको बीमा रकमका लागि ती युवकले आफ्नै हजुरआमाको हत्या गरेका हुन्। पूर्वयोजनाअनुरुप उनले नै हजुरआमाको बीमा गराएका थिए।त्यसपछि १ करोड रुपैयाँ बीमाको पैसा पाउनले उनले सर्पले टोकाएर हजुरआमाको हत्या गरे।

Esewa
Crest

घटना विवरणअनुसार काँकेर प्रहरीले ती वृद्धाको मृत्यु शंकास्पद लागेपछि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। प्रहरी अनुसन्धानमा वृद्धाको मृत्यु सामान्य अवस्थामा नभएर उनकै नातिले हत्या गरेको खुलेको देखिएको हो। हत्याको कारण भनेको १ करोड रुपैयाँको बीमा रकम थियो। जुन ती युवकले पूर्व योजनाअन्तर्गत हजुरआमाको नाममा बीमा गराएका थिए।

ती युवकले बीमाको रकम लिन हत्याको ठूलो षड्यन्त्र रचेको अनुसन्धानबाट खुलेको छ। उनको यो षड्यन्त्रमा एक सर्पकर्मी पनि संलग्न थिए। उनले आफ्नी हजुरआमालाई सर्पले टोक्न लगाउन ती सर्पकर्मीलाई डेढ लाख रुपैयाँ दिएका थिए। हजुरआमाको मृत्युपछि ती युवकले बीमा रकम दाबी गर्न सफल भएका थिए। तर, प्रहरीले उनको सम्पूर्ण षडयन्त्रको पर्दाफास गर्यो।

हाल ती युवकमाथि हत्या आरोपमा मुद्दा चलिरहेको छ। उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

25%
sad

दु :खी

8%
amazed

अचम्मित

8%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS