IME Life New

बीमाको रकम हडप्न जिउँदै जलाएर युवकको हत्या, आइडिया ‘क्राइम पेट्रोल’बाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय टीभी सिरियल ‘क्राइम पेट्रोल’ निकै चर्चित छ। यो सिरियलमार्फत दर्शकलाई आपराधिक घटनाहरुबाट सर्तक रहनुपर्ने सन्देश दिइन्छ। तर, यही सिरियल हेरेर एउटा दर्दनाक हत्याको घटना भएको छ। तर, यही सिरियलबाट आइडिया लिएर एउटा दर्दनाक हत्याको घटना भएको खुलेको छ।

घटना भारतको उत्तर प्रदेशको हो। गत डिसेम्बर २३ मा पूर्ण रुपमा जलेको कारभित्र एक युवकको शव सहारनपुर प्रहरीले फेला पारेको थियो। तर, केही दिनभित्र प्रहरीले यो घटनाको पर्दाफास गरेको छ।

Esewa
Crest

प्रहरीले घटनामा संलग्न एकजना डाक्टरलाई पक्राउ गरेको छ। यी डाक्टरको पहिचान डा मुबारिकका रुपमा गरिएको छ। प्रहरी सोधपुछका क्रममा मुबारिकले घटनाको घटाउनुको कारण निकै अचम्मको छ।

आर्थिक संकटबाट गुज्रिरहेका मुबारिकको ३० लाखभन्दा बढी ऋण थियो। जसका कारण उनलाई ऋण दिनेहरुले दिनहुँ दुव्र्यवहार गर्न थाले। उनले ३० लाखको बीमा पनि गरेका थिए। यस्तो अवस्थामा उनले ऋणको भारबाट छुटकारा पाउन र पत्नीको खातामा बीमाको पैसा पनि जम्मा गर्ने उपाय खोज्न थाले।

यसका लागि डा मुबारिकले टीभी सिरियल क्राइम पेट्रोलमा समाधान खोज्न थाले। प्रहरीले सोधपुछका क्रममा उनले १५० भन्दा बढी एपिसोड हेरेको बताए। त्यसपछि उनले यो योजना बनाएको बयान दिएका छन्।

मुबारिकले दाजुको कारखानामामा काम गर्ने सोनु नामका एउटै उचाइका युवकलाई रक्सी पिएर कारमा जलाएर हत्या गरेका थिए। गाडी देखेपछि सबैले आफू मरिसके भनी अनुमान गर्ने उनको योजना थियो।

सहारनपुरका एसपी सीटी अभिमन्यु मांगलिकका अनुसार घटनापछि मुबारिकले आफ्नी पत्नीलाई फोन गरेका थिए। उनले जतिसक्दो चाँडो मृत्युको प्रमाणपत्र बनाएर बीमा रकम दाबी गर्न भनेका थिए।

बीमा रकम दाबी गर्नुअघि नै प्रहरीले घटनाको पर्दाफास गर्न सफल भयो। एसपी सीटीका अनुसार २३ डिसेम्बरमा आरोपीको जलेको कार सहारनपुरको कोतवाली देहात क्षेत्रको बिजोपुरा गाउँको नहरनजिक फेला परेको थियो। यो कारमा एक युवकको आधा शरीर जलेको अवस्थामा मृत फेला परेको थियो। प्रहरीले निकै मुस्किलले उनको हरियाणा निवासी सोनुका रुपमा पहिचान गर्यो।

सोनु सहारनपुरको हबिबगढमा रहेको काठ कारखानामा काम गर्थे। प्रहरीले घटनाको अनुसन्धान गर्दा उनलाई पछिल्लो पटक कारखाना मालिक अरशदका जेठाजु मुबारिकसँग भेटिएको थाहा भयो। उनको शव भेटिएको कार पनि मुबारिककै हो। जुन उनले हालै किनेका थिए।

प्रहरीले अभियुक्त मुबारिकलाई यमुनाको किनारबाट पक्राउ गरेको थियो। प्रहरीको सोधपुछका क्रममा मुबारिकले पूरै घटना स्वीकार गरेका छन्। अब उनलाई अदालतमा मुद्दा दायर गरेर थप कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS