IME Life New

बीमाको पैसाले सट्टेबाजीमा लागेको ऋण तिर्न जिउँदै जलाएर युवकको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा फेरि बीमाको रकमलाई लिएर अर्को दर्दनाक घटना सार्वजनिक भएको छ।

राजस्थानको चुरु जिल्लाको राजगढ प्रहरीचौकीको टोलीले क्रुरतापूर्वक एक युवकको हत्या भएको घटनाको फर्दाफास गरेको हो। यो घटना अभियुक्त राजेशकुमार जाटलाई प्रहरीले हरियाणाबाट पक्राउ हिरासतमा राखेको छ।

Esewa
Crest

अभियुक्त जाटले अनलाइन सट्टेबाजीका लागि लाखौँ रुपैयाँ ऋण लिएका थिए। लेनदारहरुको ऋण तिर्नका लागि उनले फिल्मी शैलीमा आफ्नै नक्कली मृत्युको योजना बनाए। ता कि उनले बीमा कम्पनीमा दाबी गर्न सकुन्।

योजनाअनुसार जाटले आफ्नै गाउँका एक युवकलाई काम दिने बहानामा आफ्नो ट्रकमा लगे र जिउँदै जलाएर ती युवकको हत्या गरे।

राजगढ प्रहरीचौकीले यही जुन ८ गते राष्ट्रिय राजमार्ग–५२ मा जलेको ट्रकको क्याबिनभित्र डढेको अवस्थामा एउटा शव फेला पारेको चुरुका प्रहरीउपरीक्षक जय यादवले बताए। त्यसको भोलिपल्ट हिसार हरियाणाको बरवाला गाउँका ओमप्रकाश मेघवालले आफ्नो कान्छो भाइ दिनेश हत्या भएको भन्दै प्रहरीचौकीमा उजुरी दिए। उजुरीमा गाउँकै राजेशकुमार जाटले दिनेशलाई भाडामा ट्रक दिने बहानामा लगेको हत्या गरेको र प्रमाण नष्ट गर्न ट्रक जलाएको दाबी गरिएको थियो।

उजुरी परेपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढायो। अतिरिक्त प्रहरीउपरीक्षक किशोरी लाल, वी शिवप्रशान्त किरण र पुष्पेन्द्र झन्झडिया सम्मिलित टोली गठन गरेको यो घटनाको अनुसन्धान थालिएको प्रहरीउपरीक्षक जय यादवले बताए। त्यसपछि सूचना तथा प्राविधिक सहयोगमा पूरै घटनाको खुलासा गरी अभियुक्त जाट पक्राउ गरिएको उनले जानकारी दिए।

सोधपुछका क्रममा जाटले अनलाइन जुवा खेलेर लाखौँ रुपैयाँको ऋणमा डुबेको स्वीकारे। ‘दैनिकजसो ऋण दिनेहरु पैसा फिर्ता माग्न आउँथे’, प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘यस्तो अवस्थामा बीमा कम्पनीबाट दाबी रकम पाउनका लागि मैले गाउँकै दिनेशलाई ट्रकभित्र राखेर जिउँदै जलाएर हत्या गरेँ।’

दिनेश गाउँमा सानातिना काम गर्दथे। त्यही क्रममा अभियुक्त जाटले उनलाई आफ्नो ट्रक भाडामा दिने बहानामा गाउँबाट ट्रकमा हालेर लगे। त्यसपछि बाटोमा दिनेशलाई रक्सी खुवाइएको थियो। रक्सी खाएर दिनेश ट्रकको क्याबिनमा सुतेका थिए। भोलिपल्ट बिहान ४ बजे जाटले हिसार बाइपास राजगढनजिकै सडकको छेउमा ट्रक रोकेर क्याबिनमा पेट्रोल खन्याएर आगो लगाइदिए। जाटले क्याबिनलाई बाहिरबाट ताला लगाएका थिए। जसका कारण दिनेश बाहिर निस्कन पाएनन् र ज्यान गुमाउनु पर्यो।

हाल जाट प्रहरी हिसातमै छन्। प्रहरीले अदालतमा उनीमाथि ज्यान मुद्दा चलाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS