IME Life New

बीमाको करिब ७० करोड रकम झ्वाम पार्नेलाई १३ वर्ष जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा बीमाको ५० लाख डलर (करिब ७० करोड रुपैयाँ) झ्वाम पार्ने एक व्यक्तिलाई १३ वर्षको जेल सजाय तोकिएको छ।

बीमा धोकाधडीमा संलग्न टेक्सासका ३२ वर्षीय जोर्डन फोर्डलाई स्थानीय अदालतले १३ वर्षको जेल सजाय सुनाएको हो। बीमा धोकाधडीको मामिलामा उनीविरुद्ध गत वर्ष जुनमा मुद्दा दर्ता भएको थियो। विद्युतीय माध्यमबाट बीमा धोकाधडी गरेकोमा उनीमाथि आपराधिक मुद्दा चलाइएको थियो।

Esewa
Crest

गत वर्ष सेप्टेम्बरमा अदालतले फोर्डलाई दोषी ठहर गरेको थियो। यद्यपि गत बिहीबारमात्रै फोर्डलाई १३ वर्ष जेल चलान गर्ने आदेश अदालतले दिएको हो। जिल्ला न्यायाधीश मार्क पिटम्यानले फोर्डलाई बिगो बराबर रकम जरिवाना गर्ने निर्णय पनि गरेका छन्।

फोर्डले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीलाई आर्थिक प्रलोभन देखाएर ग्राहकको व्यक्तिगत विवरण हात पार्थे। त्यसपछि फर्जी दाबीहरुमार्फत उनले बीमा कम्पनीहरुबाट ५० लाख डलर हात पार्न सफल भएका थिए।

फोर्डले कम्तीमा ३ कम्पनीबाट लाखौँ रकम हत्याउन सफल भएको अनुसन्धानबाट खुलेको छ। उनीसँगै धोकाधडीमा संलग्न अन्य ९ जनालाई पनि अदालतले दोषी ठहर गरेको छ। –एजेन्जी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS