IME Life New

बीमांकको ५ प्रतिशत बीमाशुल्क भुक्तानी गरी कफि बीमा गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

के तपाई कफी खेती गर्दै हुनुहुन्छ । यदि गर्देहुनुहन्छ भने बीमा समितिले बिमांक रकमको ५ प्रतिशत मात्रै बीमाशुल्क भुक्तानी गरी कफी खेतीको बीमा गर्ने सुविधा दिएको छ । समितिले भैर्खरै जारी गरेको कफि बीमालेख अनुसार न्यून रकम भुक्तानी गरी एक बर्ष भरीको लागि कफी खेतीको बीमा गर्न सकिन्छ ।

बीमा समितिले विभिन्न समय समयमा कृषकहरुलाई लक्षित गरी बीमालेख सञ्चालनमा ल्याएको छ । सोही क्रममा समितिले कफी बीमालेख जारी गरेको हो । कृषकहरुको मागलाई मध्यनजर गरी बीमालेख जारी गरिएको समितिका उप निर्देश्क कुन्दन सापकोटाले बताए । उनका अनुसार कफी खेतीसँगै कृषकको दुर्घटनाबाट हुने मृत्यूको पनि बीमा गर्न सकिन्छ ।

Esewa
Crest

यस बीमा योजना अनुसार आगलागी चट्याङ, भूकम्प, अधिक बर्षा, बाढी, डुबान, खडेरीका कारण कफी खेतीमा हानी नोक्सानीमा भएका कम्पनीले बिमांक रकमको ९० प्रतिशत रकम भुक्तानी गर्छ । त्यस्तै, आँधि बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक तथा रोगबाट हुने हानी नोक्सानीको पनि कम्पनीले रक्षावरण गर्नेछ ।

समितिले सञ्चालनमा ल्याएको कफी खेती बिमा योजनामा कृषकहरुले कफीको बोटको मात्रै वा चेरीको मात्रै पनि बिमा गर्न सक्नेछन् । त्यस्तै, कृषकले चाहेमा बोट र चोरी दुवैको बिमा गर्न सकिनेछ ।

बीमा गरिएको कफी खेती हानी नोक्सानी भएमा कम्पनीले क्षतिको ८० प्रतिशतसम्म दाबी भुक्तानी गर्नेछ । तर, कृषक वा कृषकको परिवारले जानाजान, मनोरञ्जनको हेतु वा रिसिईवीपूर्ण व्यवहारको कारणबाट क्षति भएमा कम्पनी दाबी भुक्तानीको लागि बाध्य हुने छैन । त्यस्तै, कुनै कानुनी निकायको आदेशमा बीमा गरिएको कफी खेती नष्ट गर्नुपर्ने भएमा, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सैनिक विद्रोहको कारणले खेती हानी नोक्सानी भएमा पनि कम्पनीले दाबी भुक्तानी गर्दैन ।

कृषकहरुले कफी रोपेकै बर्षबाट बीमा गर्न सक्नेछन् । तर, बीमालेखमा उल्लेख भए बमोजिमको प्राविधिक प्रक्रिया पुरा गरी कफी खेती गरेको हुनुपर्नेछ । यस बीमा योजना अनुसार कफी रोप्दा रोपण गरिने विरुवा पोली ब्यागमा रोपेको कम्तिमा १ फिट अग्लो, शिशा कलम जत्रो मोटो, ६ जोडी पात भएको, १४ देखि १८ महिनाको, रोग/किरा नलागेको स्वस्थ्य बेना हुनुपर्नेछ । त्यस्तै, विरुवा लगाउनु भन्दा कम्तिमा एक महिना पहिला देखि रेखाङ्ककन गरी ३५ सेमी गहिरो र चौडा खाडल खनेको हुनुपर्नेछ । बर्षा सुरु भएपछि असार देखि साउन महिनासम्ममा विरुवा रोपण गरिसक्नुपर्नेछ । सिंचाईको सुविधा भएको ठाउँमा फागुन, चैत्रमा पनि रोपण गर्न सकिनेछ ।

बीमा गरिएको कफी खेतीमा हानी नोक्सानी भएमा कृषकले ७ दिन भित्रमा बीमा कम्पनीमा खबर गर्नुपर्नेछ । बीमा अवधि भित्रमा बीमा गरिएको कफी खेती कुल बिमांक रकमको ५ प्रतिशत भन्दा बढी क्षति भएमा मात्र बिमा दाबी लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS