IME Life New

बीमक संघकाे आयाेजनामा भूकम्पीय इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । नेपाल बीमक स‌ंघकाे सह आयाेजनामा भूकम्पिय इन्जिनियरिङ सम्बन्धि अन्तर्राष्ट्रिय वेबिनार शुक्रबार सम्पन्न भएकाे छ। भूकम्पकाे उच्च जाेखिममा रहेकाे नेपालकाे बीमा क्षेत्रका जनशक्ति र विज्ञलाई टर्कीकाे महाविनाशकारी भूकम्पकाे समयमा बीमा कम्पनीकाे भूमीका सम्बन्धमा सिकाई बाँड्ने उद्देश्यले वेबिनारकाे आयाेजना गरिएकाे थियाे ।

वेबिनारमा स‌ंघका अध्यक्ष चंकी क्षेत्रीले कार्यक्रम आयाेजनाकाे उद्देश्यबारे प्रकाश पार्दै बीमा क्षेत्रका लागी उच्च जाेखिमकाे रूपमा रहेकाे भूकम्पीय जाेखिम व्यवस्थापनका लागी विज्ञकाे अनुभवले नेपाललगायतका भूकम्पीय उच्च जाेखिमकाे क्षेत्रमा रहेका मुलुकका लागी लाभ मिल्ने जानकारी गराए ।

Esewa
Crest

श्राेत व्यक्ति एशिया इन्स्टिच्यूट अफ टेक्नाेलाेजीका इन्जिनियरिङ एण्ड टेक्नाेलाेजी विभागका प्राध्यापक पेनङ वार्निटचायले  भवन निर्माण स‌ंहिताकाे विषयमा चर्चा गर्दै संहिताकाे पालनाले जाेखिम न्यूनीकरणमा याेगदान सम्बन्धमा प्रकाश पारेका थिए। यसैगरी सम्पत्ती बीमा गरेकाे अवस्थामा कसरी दाबी भुक्तानी प्राप्ती गर्ने, मानवीय क्षतिकाे व्यवस्थापन कसरी गर्ने बारे जानकारी दिइएकाे थियाे । भूकम्पकाे अनुभवका सम्बन्धमा टर्की, जापान, नेपाल, बैंकक, श्रीलंका र बंगलादेशकाे महाभूकम्पकाे समयमा भएकाे  अनुभवका आधारमा प्रस्तुतीकरण गरिएकाे थियाे ।

प्राध्यापक पेनङ २०७२ सालकाे महाभूकम्पकाे प्रभावबारे अध्ययन गर्ने शिलशिलामा नेपाल समेत आएका थिए । उनले विश्वकाे फरक फरक भूगाेलमा भएकाे भूकम्पीय क्षति, वित्तीय नाेक्सानी र बीमा कम्पनीकाे भूमीका सम्बन्धमा अवगत गराएका थिए ।

कार्यक्रममा थाइल्याण्ड, क्याम्बाेडिया, पाकिस्तान, टर्की, सिंगापुर, बंगलादेश, श्रीलंका, ट्युनिसिया, इरान,  बेलायत, नेपाल, भारत, फिलिपिन्स र म्यानमारबाट समेत गरि कूल १५८ जनाकाे सहभागीता थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS