IME Life New

बीमकको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन के-के छन् नियमावलीमा प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली, २०८१ मार्फत बीमा कम्पनीहरुको आन्तरिक नियन्त्रण प्रणालीका विभिन्न प्रावधान ल्याइएको छ।

गत माघ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले बीमा नियमावली स्वीकृत गरेको थियो। त्यसपछि गत फागुन १२ गते यो नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसँगै लागू भएको छ।

Esewa
Crest

बीमा नियमावलीमा बीमकको आन्तरिक नियन्त्रण प्रणालीका छुट्टै विभिन्न प्रावधान ल्याइएको हो। जसअनुसार अब बीमकले आफ्नो संगठन संरचना तयार गरी लागू गर्नुपर्नेछ। बीमकले आफ्नो उत्तराधिकार योजना (सक्सेसन प्लान) पनि बनाउनुपर्नेछ।

यसैगरी बीमकले जोखिम व्यवस्थापन, लेखापरीक्षण, खरिद, आर्थिक, मानव संसाधन, सूचना प्रविधि, जोखिमांकन, दाबी, पुनर्बीमा, बजारीकरण, सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारणलगायत बीमा प्राधिकरणले निर्धारण गरेबमोजिमका विषयमा छुट्टाछुट्टै दिग्दर्शन (म्यानुअल) वा कार्यविधि तयार गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ।

नियमावलीबमोजिम बीमकले आफ्नो कार्यसञ्चालनका लागि वास्तविक समयमा परिणाम दिने (रियल टाइम) सफ्टवेयरको प्रयोग गर्नुपर्नेछ। बीमकले आफ्नो बीमासम्बन्धी कारोबार सोही दिन बन्द (डे इन्ड) हुने व्यवस्था गर्नुपर्ने प्रावधान पनि नियमावलीमार्फत ल्याइएको छ।

बीमकले यस नियममा उल्लिखित व्यवस्थाका अतिरिक्त बीमकको व्यवसायको आकार, प्रकृति, जोखिम तथा सञ्चालनको जटिलताका आधारमा पर्याप्त र प्रभावकारी आन्तरिक प्रणालीको व्यवस्था गर्नुपर्ने नियमावलीमार्फत अनिवार्यता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS