IME Life New

बिगमोटरको बीमा धोकाधडीको पर्दाफास, हजारौँ फर्जी दाबीको खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानस्थित कार डिलर बिगमोटरको बीमा धोकाधडीको पर्दाफास भएको छ। नयाँ तथा पुराना कार बेच्ने तथा मर्मतसम्भार गर्ने यो कम्पनीले हजारौँ फर्जी दाबी पेस गरेको बीमा कम्पनीहरुले खुलासा गरेका हुन्।

हाल बन्द अवस्थामा रहेको बिगमोटरमाथि जानाजानी सवारीसाधनमा क्षति पुर्याएर र अन्य गैरकानुनी तरिका अपनाएर मर्मत लागत बढाउने गरेको आरोप लागेको छ।

Esewa
Crest

जापानका ४ मुख्य निर्जीवन बीमक सोम्पो जापान इन्स्योरेन्स, मित्सुई सुमितोमो इन्स्योरेन्स, टोकियो मरिन र निचिडो फायर इन्स्योरेन्स र एआईओई निस्से डावा इन्स्योरेन्सले बिगमोटरबाट करिब ६५ हजार फर्जी दाबी परेको जनाएका छन्। बीमकहरुले विगत ५ वर्षदेखि ८ वर्ष अवधिसम्म दायर गरिएका लगभग २ लाख ३६ हजार दाबीको समीक्षा गरेका थिए। ती दाबीमध्ये लगभग ८० प्रतिशतको जुलाईको सुरुसम्म समीक्षा भइसकेका छन्। हालसम्म करिब ३० प्रतिशत दाबी फर्जी रहेको बीमकहरुले फेला पारेका छन्।

बीमा कम्पनीहरु र बिगमोटरलाई अधिग्रहण गरेको बाम नामक कम्पनीबीच बिगमोटरबाट परेका दाबीमध्ये १ हजार ७०० दाबी (करिब २.६ प्रतिशत) मात्र समायोजन गर्ने सम्झौता भएको छ। बामले बिगमोटरलाई अधिग्रहण गरेर ‘वी–कार’ को नामबाट नयाँ कम्पनी सञ्चालन गर्ने तयारी गरिरहेको छ।

हाल बामले सही मूल्यांकनका लागि अपर्याप्त अभिलेख फेला नपरेको भन्दै आफ्नो अनुसन्धान रोकेको छ। बामले अदालतमार्फत फर्जी बीमा दाबीको विवाद समाधान गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS