IME Life New

बिएफआइएन र भिक्टोरिया युनिभर्सिटिबिच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल र भिक्टोरिया युनिभर्सिटिबिच सम्झौता भएको छ । नेपालको समग्र वित्तीय क्षेत्रका उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी भएको जनाएको छ ।

माघ २८ गतेदेख फागुन ३ गतेस बिएफआइएन र भिक्टोरिया युनिभर्सिटिबिचको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने एजुटिभ लिडरसिप डेभलपमेन्ट कार्यक्रमको उद्घाटन समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Esewa
Crest

उक्त समझदारी पत्रमा विएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भिक्टोरिया युनिभर्सिटिको तर्फबाट व्यवसाय तथा कानुन संकायका प्रो.भाइस क्यान्सलर प्रो. मार्क फारलेल सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी पत्रमा दुई संस्था बिचको समन्वयमा नेपालका बैंक तथा वित्तिय संस्थामा उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व विकास तथा अन्य सम्बन्धी बिभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको बैंकिङ्ग, बिमा, पुँजी बजार, व्यवस्थापन लगायतका अन्य क्षेत्रहरु संग सम्बन्धित ज्ञान विकासका लागी संयुक्त रुपमा मान्यता प्राप्त ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गर्ने, भिक्टोरिया युनिभर्सिटिले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरु तथा विद्यार्थी लाई इन्र्टनशिपमा पठाउन सकिने, संयुक्त रुपमा वित्तिय क्षेत्रका बिभिन्न बिषयमा खोज गर्ने लगायतका बिषयबस्तुहरु समाबेश गरिएका छन् ।

तालीममा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, बिकास बैंक तथा लघुबित्त संस्थाका १७ जना संचालकहरुको उपस्थिती रहेको थियो ।

भिक्टोरिया युनिभर्सिटी अष्ट्रेलियाको मेलबर्नमा स्थापित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो । सन् १९१० मा स्थापना भएको अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त यस विश्वविद्यालयले बिभिन्न बिषयमा प्राबिधिक तथा उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS