IME Life New

बिएफआइएनको अन्तराष्ट्रिय स्तरको वेबिनार शुक्रबार आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल ( बिएफआइएन) र क्यू व क्यू एशिया (बंगलादेश)को संयुक्त आयोजनामा ”Reshaping Governance in COVID-19 Regime”  बिषयक वेबिनार साउन २ गते (शुक्रबार) फेसबुक लाइभ मार्फत ४ बजे बाट हुने भएको छ।

कार्यक्रमको उद्घाटन क्यू व क्यू एशियन बंगलादेशका प्रबन्ध साझेदार तथा अपरेशन प्रमुख एमडि सैफुल इश्लामले गर्ने भएको छ। उक्त कार्यक्रमका बक्ताको रुपमा नेपालबाट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यान र मेघा बैंक नेपाल का प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली रहने छन् भने बंगलादेश बाट बिआईबिएम का महानिर्देशक डा. एमडि अख्तरुजमान, बिआईबिएमकै प्राध्यापक डा. बरकत.ए. खुदा, बंगलादेश कृषि बैंकका प्रबन्ध निर्देशक एमडि अली हुसेन प्रोधानिया रहने छन् ।

Esewa
Crest

नेपाल र बंगलादेशका बिभिन्न बिशेषज्ञहरु बक्ताको रुपमा रहने यस वेविनारमा हुने छलफलले बैंकिङ्ग क्षेत्रमा संस्थागत सुशासनलाई अझ बलियो बनाउन सहयोग पुग्ने बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए ।

उक्त वेविनारमा बंगलादेश इन्टिच्यूट अफ बैंक म्यानेजमेन्ट का प्राध्यापक डा. शाह एमडि अहसान हबीब र सहायक प्राध्यापक डा. एमडि शाहिद उल्लाह ले ”Reshaping Governance in COVID-19 Regime”  बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।

क्यू व क्यू एशिया बिगत १० बर्ष देखि बंगलादेशमा स्थापित राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बैंक तथा वित्तीय संस्थाहरु लगायत दुरसंचार क्षेत्रका कर्मचारीहरुको सीप, क्षमता अभिबृद्धि गर्न तालीम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको संस्था हो ।

त्यसैगरी, बिएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुबाट प्रबद्धित संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS