IME Life New

बाल्टिमोर जहाज दुर्घटनाबाट विश्व पुनर्बीमा उद्योगले रु. २ खर्ब क्षति व्यहोर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  अमेरिकाको म्यारील्याण्ड राज्यमा अवस्थित बाल्टिमोर पुलमा भएको क्षतिबाट समुद्री बीमा उद्योगले ठूलो दाबीको सामना गर्नुपर्ने भएको छ। फ्रान्सिस स्कट की ब्रिजसँग डाली मालबाहक पानी जहाज ठोक्किदा भएको क्षतिको बीमा दाबी सन् २०१२ को समुद्री विपत दाबी बराबर हुनसक्ने अनुमान गरिएको छ।

सन् २०१२ मा डेढ अर्ब अमेरिकी डलर(अहिलेको विनिमय दरअनुसार दुई खर्ब रुपैयाँ) बराबरको दाबी भुक्तानी गरिएको अमेरिकी इन्स्टिच्युट अफ मरिन अन्डरराइटर्सका अध्यक्ष जोन मिक्लसले व्यापार पत्रिकालाई बताएका छन्। आरामदायी क्रूज जहाज कोस्टा कन्कोर्डिया जनवरी सन् २०१२ मा इटालीको तटमा पल्टिएको थियो । युरोपको सबैभन्दा खराब समुद्री आँधीका कारण भएको त्यो दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो ।

Esewa
Crest

कोस्टा कोन्कोर्डियाका सबै दावीहरू समाधान गर्न कति समय लाग्यो भन्ने तुरुन्तै स्पष्ट भएन, तर कम्तिमा केही वर्ष लागेको थियो । समुद्री जहाज दुर्घटनाबाट भएका नोक्सानीमा विभिन्न पक्षहरु जोडिएका हुन्छन। एकातर्फ क्षति भएको पुलको पुनः निर्माण गर्नुपर्नेछ हुन्छ भने अर्को तर्फ पुलको प्रयोगवापतको कर आम्दानीमा पुल पुनः निर्माण नहुँदासम्मको ठूलो नोक्सानी पनि थपिनेछ।

बाल्टिमोर दुर्घटनाबाट अन्य बीमा दाबीमा जहाज र मालबाहक कन्टेनरमा पुगेको क्षति, व्यापारको आपूर्ती प्रणाली अवरुद्ध हुँदा पुग्ने क्षति, लम्बिएको उधारो अवधि र दुर्घटनामा परेर ज्यान गुमाएका कामदारको परिवारजनलाई दिनुपर्ने क्षतिपूर्तिलगायतको जोखिमहरु समावेश हुनसक्छन् ।

बाल्टिमोर पुलले २०२३ मा मेरील्याण्ड यातायात प्राधिकरणको सडक दस्तुरवापत ५ करोड ३० लाख अमेरिकी डलर बराबरको योगदान दिएको मुडीको विश्लेषक सिन्टिया नाजिमाले मंगलबार द वाल स्ट्रीट जर्नललाई बताएकी छिन्।

बालटिमोर पुल चबबी बीमाद्वारा सुरक्षाा गरिएको छ। यसैगरी दुर्घटनाग्रस्त पानी जहाज ब्रिटानिया पिएण्डआइ( सुरक्षा तथा जोखिम बहन) क्लब द्वारा सुरक्षण गरिएको छ, जसले सामुद्रिक बीमाका लागि सुरक्षा र क्षतिपूर्ति जोखिम बहन गर्छ। ब्रिटानिया लन्डनस्थित पिएण्डआइ क्लबहरूको अन्तर्राष्ट्रिय समूहको सदस्य हो।

इन्टरनेशनल ग्रुप अफ पिएण्डआइ क्लबले कम्पनीको वेबसाइट अनुसार कुनै एक घटनाबाट भएको दाबीमा पहिलो १ करोड अमेरिकी डलर बराबरको मात्र जोखिम बहन गर्छ। बाँकी क्षतिपूर्ती सदस्यहरू, विशेषज्ञ बजार लोयड्स अफ लण्डन र अन्य पुनर्बीमकले गर्नेछन्।

बालटिमोर पोर्टले सन् २०२३ मा ४ लाख ४४ हजार भन्दा बढी यात्रु, ५ करोड २३ लाख टन विदेशी मालसामान, ७ लाख ५० हजार सवारी साधन सहित ८० अर्ब अमेरिकी डलर बराबरको मालसामान पारवहनमा सहयोग गरेको थियो । यो पोर्टले त्यो वर्ष १५ हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ।

१२.६ किलोमिटर लामो यो पुलबाट दैनिक ३४ हजार सवारी साधन ओहोरदोहोर गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS