IME Life New

बाबा रामदेवकाे स्वामित्व रहेकाे पतञ्जली आयूर्वेदकाे संचित नाेक्सानी ३४ कराेड नाघ्याे,कहिले हाेला नाफा?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । उपेन्द्र महत्ताे समेत साझेदार रहेका भारतीय संयुक्त लगानीकाे कम्पनी पतन्जली आयूर्वेद प्रा‍.लि.काे आव २०७८।७९ काे असार मसान्तसम्ममा स‌ंचित नाेक्सानी ३४ कराेड ७० लाख रुपैयाँ पुगेकाे छ । कम्पनीकाे बिक्री काराेबार तीन वर्षयता बढ्दै गएपनि संचित नाेक्सानी हटेकाे छैन ।

कम्पनीले गत आवमा वर्षदिनमा आफ्नाे काराेबार २४ कराेड ३० लाख रुपैयाँले वृद्धि गर्न सफल भएकाे छ। याे कम्पनीकाे अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८।७९ मा अनुमानित १ अर्ब ५० कराेड रुपैयाँ बराबरकाे काराेबार गरेकाे हाे ।

Esewa
Crest

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले आव २०७७।७८ मा जम्मा काराेबार रकम बिक्रीबाट १ अर्ब २५ कराेड रुपैयाँ आम्दानी गरेकाे थियाे । कम्पनीकाे बिक्री काराेबार बढ्दै गएपनि आव २०७८।७९ काे असार मसान्तसम्ममा पतञ्जली आयूर्वेद प्रालिकाे स‌ंचित नाेक्सानी ३४ कराेड ७० लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे उधाराे काराेबार अवधी समेत आव २०७६।७७ काे तुलनामा २०७८।७९ मा ८५ दिन पुगेकाे छ। तर जगेडा भण्डारण स्टक अवधि १०९ दिनबाट १०८ दिनमा झरेकाे छ। उधाराे बिक्री अवधि लम्बिंदा कम्पनीकाे चालू पूँजी आवश्यक्तामा दबाब बढ्दै गएकाे छ।

बाराकाे प्रसाैनीमा अवस्थित पतन्जली आयूर्वेद प्रा‍.लि.ले पतञ्जली ब्राण्डमा साबुन, तेल, दन्तमन्जन, च्यवनप्राश, पीठाे, खानेतेल, दाल लगायतका दैनिक उपभाेग्य वस्तु उत्पादन गर्दै आएकाे छ। पतञ्जली आयूर्वेदकाे कूल वार्षिक बिक्री काराेबारकाे ६२ प्रतिशत हिस्सा लुगाधुने र भाँडा माझ्ने साबुन र पाउडरकाे बिक्रीबाट प्राप्त हुने रकमले ‍‌ओगटेकाे छ । थुप्रै उत्पादनहरु बजारमा ल्याए पनि सीमित उत्पादनकाे मात्र बजार माग रहेकाले याे कम्पनीकाे लुगाधुने र भाँडा माझ्ने साबुन र पाउडर उत्पादनकाे काराेबारबाहेक अन्य वस्तुकाे स‌ंचालन खर्च आम्दानी प्रतिफलकाे तुलनामा उच्च रहेकाे छ। यसबाहेक पतञ्जली ब्राण्डकाे प्रयाेग गर्ने अधिकार सन् २०२४ सम्मका लागी मात्र सुनिश्चित भएकाले ब्राण्ड सम्झाैता नविकरण नभएकाे अवस्थामा कम्पनीकाे उत्पादन बजारीकरणमा चुनाैती थपिनेछ ।

दैनिक उपभाेग्य वस्तु उत्पादनकाे अनुभव नभएका गैरआवासीय नेपाली उपेन्द्र महत्ताेकाे महत्वका‌ंक्षी परियाेजनाकाे रूपमा आफ्नाे पूर्ण स्वामित्वमा सन् २०११ देखि नेपाल ग्रामाेद्याेग प्रा‍.लि‍. स‌ंचालनमा ल्याएका थिए । तर उद्याेगकाे आन्तरिक व्यवस्थापनमा किचलाेसँगै लगातार घाटामा भएपछि उनले सन् २०१५ मा ग‌ंगाेत्री आयूर्वेद लिमिटेड (पतञ्जली समूह भारतकाे स्वामित्व भएकाे कम्पनी)  लाई ९० प्रतिशत शेयर बिक्री गरेर आफ्नाे लगानी १० प्रतिशतमा सीमित गरेका थिए । पतञ्जली समूहकाे संरक्षक भारतीय याेग गुरू रामदेव हुन् भने पतञ्जली आयूर्वेद प्रा‍लिकाे प्रबन्ध निर्देशककाे जिम्मेवारीमा उनका चेला आचार्य बालकृष्ण हुन् । ग‌ंगाेत्री आयूर्वेद लिमिटेड भारतमा बालकृष्णकाे ९० प्रतिशत शेयर स्वामित्व रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS