IME Life New

बहुराष्ट्रिय बीमा कम्पनी एएक्सएले कर्मचारीका लागि घोषणा गर्यो ‘शेयर प्लान’, लाभांश पनि पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फ्रान्सको बहुराष्ट्रिय बीमा कम्पनी एएक्सएले आफ्ना कर्मचारीहरुका लागि वर्ष २०२४ को ‘शेयर प्लान’ अफर घोषणा छ।

एएक्सएले यो अफर ४० देशमा रहेका आफ्ना कम्पनीमा कार्यरत १ लाख १० हजारभन्दा बढी कर्मचारीका लागि ल्याएको हो। यस अफरमा दुईवटा योजना समावेश छन्। जसमा एउटा ‘क्लासिक अफर’ र अर्को ‘ग्यारेन्टी प्लस अफर’ छन्।

Esewa
Crest

एएक्सएका सीईओ थोमस बुबर्लले आफ्ना कर्मचारीलाई कम्पनीको शेयरधनी बनाउन यो अफर ल्याइएको बताए। ‘यो अफर कम्पनीको विकास र विस्तार देखाएको कटिबद्धतामा सानो प्रतिबद्धतामात्रै हो’, उनले भने, ‘त्यसैले हामीले हरेक वर्ष यो अफर ल्याउने गरेका छौँ।’

वर्ष २०२३ को शेयर प्लान अफरमा कम्पनीका २३ हजार कर्मचारीले सहभागिता जनाएका थिए। ‘अहिले यो योजना हाम्रो वार्षिक कार्यक्रमजस्तै भइसकेको छ’, थोमसले भने।

गत अप्रिल २३ मा कम्पनी सञ्चालक समितिको बैठकले यो अफर स्वीकृत गरेको थियो। आउँदो अक्टोबर ३१ मा शेयरको मूल्य सीईओस्तरबाट तय गरिनेछ।

यस योजनाअन्तर्गत क्लासिक अफरमा शेयर किन्न चाहने कर्मचारीले तोकिएको मूल्यको ८० प्रतिशतमात्रै तिरे पुग्छ भने ग्यारेन्टी प्लस अफरमा किन्न चाहनेले ९३.६० प्रतिशत तिर्नुपर्छ। योजना लागू हुन भन्दाअघिको २० कारोबार दिनको शेयरभाउलाई हेरेर शेयरको मूल्य निर्धारण गरिनेछ।

कम्पनीले ५ करोड ८९ लाख ५१ हजार ९६५ कित्ता शेयर कर्मचारीहरुका लागि जारी गर्ने निर्णय गरेको छ। यसबाट कम्पनीले करिब १३ करोड ५० लाख युरो संकलन गर्नेछ। यो शेयर किन्ने कर्मचारी वर्ष २०२४ का लागि घोषणा गरिने लाभांश पाउन योग्य हुने कम्पनीले स्पष्ट पारेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS