IME Life New

बहुचर्चित नेपाल इन्फ्रास्टक्चर बैंकमा सहायक सीईओ देखि सहायक सम्मलाई जागिर खुल्यो,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: छिट्टै सञ्चालनमा आउन लागेको नेपाल इन्फ्रास्टक्चर बैंकले बुधबारदेखि कर्मचारी नियुक्तिका लागि विज्ञापन जारी गरेको  छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएर थप प्रक्रिया पूरा गर्ने क्रममा बैंकले कर्मचारी नियुक्ति गर्न लागेको हो ।

बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त विभागमा प्रवन्धक, जोखिम व्यवस्थापन विभागमा प्रवन्धक, कम्पनी सचिव, ट्रेजरी, फाइनान्स एन्ड अपरेशन डिपार्टमेन्ट प्रमुख, इन्भेष्टमेन्ट एन्ड स्ट्रक्चर्ड प्रडक्ट डेभलपमेन्ट डिपार्टमेन्ट प्रमुख, जनशक्ति व्यवस्थापन र प्रशासन विभागमा सहायक प्रवन्धक नियत्त गर्न लागेको हो ।विभिन्न पदमा बैंकले ४० भन्दा बढीलाई जागिर दिने भएको छ । इच्छुक व्यक्तिले merojob.com बाट साउन १६ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

इन्फ्रास्टक्चर बैंकले दीगोपनाका लागि कर्मचारी अत्यन्तै लगनशील, मिहेनेती, परिश्रमी, इनोभेटिभ माइन्ड भएका, नयाँ कुराको जानकारी लिन सक्ने दक्षता, अन्तर्राष्ट्रिय स्तरमा सञ्चार गर्नसक्ने, ठूलो परियोजनामा लगानी गर्नुपरेमा के के कुराको आवश्यकता पर्छ भन्ने कुराको जानकारी भएको, हरेक कुरा जान्न सक्ने, प्रतिष्पर्धाको आधारमा, अनुभवको आधारमा, शिक्षाको आधारमा र काम गर्न सक्ने र त्यो क्षेत्रमा अनुभव भएका मानिसलाई कर्मचारीको रुपमा नियुक्ति दिनेछ ।

नेपाल इन्फ्रास्टक्चर बैंक कुल २० अर्ब जारी पुंजीमा संचालनमा आउने छ, जस मध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारि गर्ने योजना बनाएको छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक शेयर हुने छ।

बैंकमा सरकार सहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ। बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना आईएमई समूह, विशाल ग्रुप, लक्की ग्रुप, मुरारका ग्रुप लगायतका समूह आवद्ध रहेका छन्। बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत शेयर रहेको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंक कुल २० अर्ब जारी पुंजीमा संचालनमा आउने छ, जस मध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारि गर्ने योजना बनाएको छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक शेयर हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS