IME Life New

बहराइन सरकारले डा‍. रूइतलाई १० लाख अमेरिकी डलर पुरस्कार सहित सम्मान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेत्रराेग विशेषज्ञ प्राध्यापक डाक्टर सन्दुक रुइत दश लाख अमेरिकी डलर बराबरकाे पुरस्कार राशी सहित बहराइन सरकारबाट सम्मानित हुने भएका छन् । तिलग‌ंगा आँखा अस्पतालकाे स‌ंस्थापक समेत रहेका विश्वविख्यात नेत्र राेग विशेषज्ञ डा. रूइतलाई बहराइन सरकारले उनले पुर्याएकाे मानवीय सेवाकाे याेगदानकाे कदर स्वरुप इशा सम्मानबाट सुशाेभित गर्ने घाेषणा गरेकाे हाे ।

बहराइनकाे राजपरिवारले स्थापना गरेकाे पुरस्कारका लागी विश्वभरबाट १३९ जनाकाे नाम प्रारम्भिक सूचीमा समावेश भएकाेमा चयन समितिले डा‌. रूइतकाे नाम छनाैट गरेकाे हाे । प्रत्येक २ वर्षकाे अन्तरालमा प्रदान गरिंदै आएकाेमा सन्  २०२० २१ का लागी वहाँलाई बहराइनकाे राजस‌ंस्थाले सुनकाे तक्मा, प्रशंसा पत्र र पुरस्कार राशीसहित सम्मान गर्ने निर्णय गरेकाे हाे । दश कराेड अमेरिकी डलर मंगलबार कायम अमेरिकी डलरकाे विनिमय दरकाे आधारमा १३ कराेड नेपाली रुपैयाँभन्दा पनि बढी रकम हाे ।

Esewa
Crest

सम्मानबारे जानकारी दिंदै राजका विशेष प्रतिनिधी तथा इशा अवार्डका अध्यक्ष शेष महम्मद बिन मुबारक अल खलिफाले मनामा सा‌ंस्कृतिक केन्द्रमा फेब्रुअरी महिनामा आयाेजना हुने विशेष समाराेहका बीच पुरस्कार वितरण गरिने जानकारी दिएकाे अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

विश्वमै सबैभन्दा धेरै व्यक्तिकाे आँखाकाे सफल शल्यकृया गरेकाे, विश्वमै सर्वाधिक सस्ताे क्याट्रयाक्ट लेन्स उत्पादन गरेकाे र सबैभन्दा विकट र दुर्गम क्षेत्रमा समेत नेत्र शल्यकृया शिविर स‌ंचालन गर्दै आएका डा. रूइतकाे याेगदानकाे कदरस्वरूप उनलाई याे अन्तर्राष्ट्रिय सम्मान प्रदान गर्न लागिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS