IME Life New

बन्ड फर्वार्ड रेट एग्रिमेन्ट बजारमा प्रवेश गर्ने तयारीमा एलआईसी भारत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको जीवन बीमा निगम (एलआईसी)ले चालु वित्त वर्षको अन्त्यसम्ममा बन्ड फर्वार्ड रेट एग्रिमेन्ट (एफआरए) बजारमा प्रवेश गर्ने तयारी गरेको छ। एलआईसीले आफ्नो ननपार्टिसिपेटरी बीमा पोलिसी व्यवसाय खण्डमा जोखिम कम गर्न एफआरए बजारमा प्रवेश गर्ने तयारी गरेको हो।

केही समयपहिले एलआईसीका एमडी र सीईओ सिद्धार्थ मोहन्तीले देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीले डेरिभेटिभहरु प्रवेश गर्न नीतिगत स्वीकृति पाएको बताएका थिए। एफआरए बैंक र बीमा कम्पनीहरुबीचको सम्झौता हो। जसअन्तर्गत बीमा कम्पनीहरुले भविष्यका लागि निश्चित ब्याज दरमा सम्झौता गर्छन्। यसले तिनीहरुलाई बजार उतारचढ़ावबाट सुरक्षित राख्छ। यस्तो सम्झौतामा प्रवेश गरेर बीमा कम्पनीहरुले बीमितलाई निश्चित लाभ प्रदान गर्ने पोलिसी बेच्न सक्छन्।

Esewa
Crest

बन्ड बजारका व्यापारीहरुले एलआईसीको सुरुवअतपछि दीर्घकालीन ऋणपत्रको माग उल्लेख्य रुपमा बढ्न सक्ने बताएका छन् । ‘यदि एलआईसी एफआरए बजारमा प्रवेश गर्छ भने दीर्घकालीन बन्डको माग निश्चित रुपमा बढ्नेछ’, पीएनबी गिल्ट्सका वरिष्ठ कार्यकारी उपाध्यक्ष विजय शर्मा भन्छन्, ‘पहिले एलआईसीले दीर्घकालीन बन्डहरु खरिद गर्नेछ र त्यसपछि तिनीहरुलाई एफआरएमा रुपान्तरण गर्नेछ। त्यसैले कसैले एलआईसीका तर्फबाट बन्डहरु खरिद गर्नेछ र त्यसपछि त्यसलाई यस्तो उत्पादन दिनेछ, जुन एफआरए हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS