IME Life New

बजेट मार्फत घट्दो शेयर बजारलाई संम्बोधन गर्न विनोद चौधरीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । उद्योगपति तथा नेपाल कांग्रेसका सांसद विनोद चौधनरीले लगानीकर्ताले पूँजी बजारबाट एक तिहाइ सम्पत्ती गुमाएको भन्दै आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन हुनु पर्ने बताएका छन् । प्रतिनिधिसभामा भइरहेको पुर्व बजेट छलफलमा उद्योगपती चौधरीले अर्थतन्त्रमा परम्परागत समस्याहरु देखिएको बताएका छन् ।

Esewa
Crest

उनले सरकारले पूँजीगत खर्च गर्न नसक्नु, संरचनागत विकास नहुनु, बैंकमा तरलता नहुनु जस्ता पुरानै समस्या दोहोरिएको भन्दै  अव आउने बजेटले नयाँ सन्देश दिनुपर्ने बताए ।

पूँजी बजारमा आशाको किरण छर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय सर्वसाधारणले पूँजी बजारमा धेरै सम्पत्ति गुमाएको भन्दै चौधरीले बैंकमा तरलता नहुँदा व्याजर बढिरहेको हुँदा यस्ता समस्या समाधान गर्दै फेरि एकपटक पूँजीबजार सुधार हुने गरी बजेट आउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS