IME Life New

बजेट तर्जुमाकै क्रममा छौँ, बीमा क्षेत्रका सुझावहरु छन् भने हामी सुन्छौ : अर्थमन्त्री खतिवडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिको ५१ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा अर्थमन्त्री युवराज खतिवडाले बीमा सम्बन्धि सुझावहरु राख्न आग्रह गरेका छन् । समितिको ५१ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा बोल्दै उनले बीमा क्षेत्रमा रहेका सुझावहरु राख्न आग्रह गरेका हुन् । “बजेट तर्जुमा कै क्रममा छौँ, बीमा क्षेत्रका केही सुझावहरु छन् भने हामी सुन्छौ” अर्थमन्त्रीले बताए ।

खतिवडाले “संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक विकासमा जोड दिन जरुरी रहेको बताए ।” कार्यक्रममा बोल्दै खतिवडाले पछिल्लो चरणमा बीमामा भएको प्रगति उत्साहप्रद रहेकोमा खुसि व्यक्त गरे ।

Esewa
Crest

बीमा कम्पनीहरुको विस्तार भएको छ । कम्पनीको विस्तार सँगसँगै मर्जरको कुरा पनि आएको छ । संख्यात्मक विस्तार गरिरहँदा त्यसको प्रतिस्पर्धात्मक अवश्था र त्यसको आधारबाट भोलि मर्जमा जानु पर्ने अवश्था नपरोस् भन्न हिजो न बैंकिङ्ग लाइसेन्स जारी गर्दा त्यो भयो न आज बीमाको लाइसेन्स जारी गर्दा भयो । अबका दिनहरुमा यस्ता कार्यहरु नहुन । कार्यक्रममा बोल्दै खतिवडाले बताए ।

अर्थमन्त्रीले नेपालीहरुको बचत गर्ने क्षमता बढेकोमा सबै नेपालीलाई बधाई व्यक्त गरे । बचतलाई उत्पादित क्षेत्रमा लगाएर लगानिमा परिवर्तित गरेर त्यसको उत्पादकत्व बढाएर अझ उत्साह आर्थिक वृद्धिमा जानु पर्ने कुरामा उनले जोड दिए । बैंकिङ्ग, बीमा लगाएतका सम्पूर्ण वित्तीय बचत परिचालन गर्ने क्षेत्रको भुमिका रहोस्, उनले भने ।
बैंकिङ्ग क्षेत्रमा सुदृढ प्रणाली विकास हुन थाले जस्तै बीमा क्षेत्रमा पनि होस् । अर्थमन्त्रिले बीमा व्यवसायको क्षेत्र जटिल प्रकृतिको हुदैँ गईरहेको अवश्थामा यसतर्फ ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिए । बीमा बारे कसरी चेतना जगाँउने, बीमकको सम्बन्ध बीमित सम्म कसरी विस्तार गर्ने कुरामा प्रस्टाए ।

साथै अर्थमन्त्री खतिवडाले लघु बीमालाई विस्तार गर्न आवश्यक रहेको बताए । आफ्नो व्यवसायको १० प्रतिशत रकम लघु बीमामा लगानी गर्नु पर्नेमा जोड दिए । “साना किसान छन्, साना मझौला व्यवसाय छन् र जोखिम पनि सानै छन्, अनि बीमा चाँही ठुलठुला कुरा गरेर के गर्ने” उनले भने ।

बीमितको भन्दा बढी बीमकको गुनासा बढी सुनेका छौँ, बीमितहरुले बण्डिलिङमा राखेको गुनासो गरेको उनले बताए । बीमितहरुको गुनासो सुनुवाई हुनु पर्ने कुरामा खतिवडाले जोड दिए ।

प्याकेजिङ गर्दा खेरि बैंकिङ्ग र इन्स्योरेन्सको प्याकेजिङ, इन्स्योरेन्स इन्स्योरेन्स बीचकै प्याकेजिङ नगर्न अनुरोध गरे ।“ विगतमा एक दुई वटा अनुभव तितो पनि रहे, हाम्रा आँखा चारै तिर छन्, ती आँखा हामीले हेरिराखेका नै हुन्छौँ, सबैलाई हामिले चिनेका छौँ, किनकि सानो समाज छ, २० औँ वर्ष देखि हामी तपाईहरु सँगै छौँ, ।” यसतर्फ हामिले विचार गर्नैपर्छ, हामिले कुनै प्याकेजमा डिल नगरौँ, यो त एउटा व्यवसायिक डिल मात्रै हुन्छ, मैले तिमिलाई दिन्छु, मैले तिम्रो ढाड कन्याँउछु, तिमि मेरो ढाड कन्याईदेउ भन्ने काम चाँही गर्नु हुँदैन्, यस्ता कुरामा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS