IME Life New

बजारमा तरलता बढ्दा पनि निक्षेपकाे ब्याजदर किन बढाउँदैछन् ठूला बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बै‌ंक तथा विकास बैंकहरू सर्वसाधारणबाट धेरैभन्दा धेरै निक्षेप संकलन गर्नका लागि ब्याजदरलाई अझै दाेहाेराे अ‌ंकमा कायम राख्न बाध्य भइरहेका छन् । नेपाल राष्ट्र बैंक निक्षेप र कर्जाकाे ब्याजदर घटाउने रणनीतिमा छ । अर्थतन्त्रमा लगानी र व्यापारिक काराेबार बढाउनका लागि ब्याजदर घटाउनुपर्छ भन्ने निष्कर्षमा पुगेकाे केन्द्रीय बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरिसक्दा पनि बजारबाट निक्षेप तान्न चासाे देखाएकाे छैन ।

बै‌ंकहरूसँग असाेज २ गतेसम्म कूल ५७ खर्ब ५१ अर्ब रूपैयाँ निक्षेप रहेकाेमा ४९ खर्ब १३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । कूल संकलित निक्षेपकाे ८२.४१ प्रतिशत हिस्सा कर्जावापत बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । याे तथ्यांकमा सहकारीबाट संकलित र प्रवाहित रकम समावेश छैन ।

Esewa
Crest

अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो बोलकबोल खुला गर्ने प्रावधान माैद्रिक नीतिमा समावेश गरिएकाे छ। यसबाहेक अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा ३ प्रतिशत बिन्दुभन्दा बढीले घट्न गएमा निक्षेप बोलकबोल खुल्ला हुने व्यवस्था मिलाइने समेत माैद्रिक नीतिकाे बुँदा नम्बर ७५ र अनुसूची २ काे बुँदा नम्बर ७५ मा प्रावधान छ। मौद्रिक नीति अनुसार साढे ४ प्रतिशतभन्दा तल अन्तर बैंक ब्याजदर कायम भए केन्द्रीय बै‌ंकले तरलता नियन्त्रण गर्न बैंकहरूबाट निक्षेप खिंच्नुपर्छ। ।

तरलता सहज बनाउनका लागी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूकाे अनुराेधमा सरकारले गत भदौ २५ देखि स्थानीय तहको खातामा रहेकोमध्ये ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्ने सुविधा दिएलगत्तै वित्तीय बजारमा ६३ अर्ब रूपैयाँ निक्षेप थपियाे ।

राष्ट्र बैंककाे तथ्यांकले बजारमा अधिक तरलता रहेकाे बताई रहँदा ७ वटा बैंकहरुले निक्षेप अपुग भएकाे भन्दै असाेज १ गतेदेखि दिने निक्षेपमा ब्याजदर वृद्धिकाे घाेषणा गरे । भदौमा करिब १० प्रतिशत कायम राखेका बचतकाे ब्याजदर ६ वटा बैंकले असोजमा एघार प्रतिशतभन्दा बढी कायम गरेका छन् ।

राष्ट्र बैंकले नै सार्वजनिक गरेकाे जानकारी अनुसार अन्तरबैंक ब्याजदर २‍.७६ प्रतिशत हाराहारी कायम छ । गत वर्ष असाेजमा अन्तरबैंक ब्याज दर  ८ प्रतिशत हाराहारीमा कायम थियो ।

गत आवकाे भदाै महिनामा १६ अर्ब रुपैयाँ मात्र ऋण लगानी गरेका बै‌ंकले चालू आव २०८०।८१ काे भदाै महिनामा ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चाडपर्वका कारण उपभाेग र उपभाेक्ताकाे खर्च दुबै बढ्ने भएकाले बजार मागमा सुधारसँगै व्यापारमा लगानीकाे लागी कर्जाको माग अझै बढ्ने बै‌ंकर्सकाे अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

60%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS