IME Life New

बंगलादेशमा ३६ मध्ये ३१ जीवन बीमकको खराब हालत, ११ लाखले पाएनन् दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एशियाली छिमेकी मुलुक बंगलादेशमा बीमा उद्योगमा कमजोर नियमन र सञ्चालकहरूको बदमाशीका कारण जीवन बीमा कम्पनी वित्तीयरूपमा टाट पल्टिने अवस्थामा पुगेका छन्। स्थानीय अखबारका अनुसार कमजोर नियमनको फाइदा उठाउँदै सञ्चालकले बीमा कोषको रकम जथाभावी लगानी गरेपछि जीवन बीमा कम्पनी घाटामा छन् ।

बीमा नियामक बीमा विकास र नियामक प्राधिकरणको तथ्याङ्क अनुसार, ३६ मध्ये ३१ जीवन बीमा कम्पनीले झण्डै ११ लाख बीमितको ३६ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। लामो समयदेखि दाबी भुक्तानी पाउन नसकेका बीमितले परिपक्व दाबी वापतको रकम समेत कहिल्ये भुक्तानी पाउने हो भन्ने निश्चित नभएको द डेलि स्टारले उल्लेख गरेको छ।

Esewa
Crest

दक्ष जनशक्तिको अभाव र राजनीतिक प्रभावका कारण प्राधिकरणले कुनै पनि बीमा कम्पनीको प्रभावकारी नियमन गर्न सकेको छैन। यही अवस्थाको फाइदा उठाउँदै अधिकांश बीमकले पूँजी र बीमा कोषको रकम जथाभावी लगानी गरेका छन् । अस्वस्थ्य प्रतिस्पर्धाका कारण अभिकर्ता र वितरकलाइ अत्यधिक कमिशन वितरण गर्ने प्रवृत्तीले बंगलादेशी बीमकको कमिशन खर्च, तोकिएको सीमाभन्दा धेरै बढी छ।

द डेलि स्टारले लेखेको छ,प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार जीवन बीमकको दाबी भुक्तानी अनुपात सन् २०२० को ८५ प्रतिशतबाट २०२३ मा ७२ प्रतिशतमा सीमित हुन पुगेको छ। यसबाहेक, दाबी भुक्तानी बाँकी रहेका ३१ जीवन बीमकमध्ये नाैवटाको दाबी फर्छ्याैट अनुपात झनै खराब छ। फारइष्ट इस्लामी लाइफले दाबीवापत २५अर्ब ७७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेकोमा जम्मा ३२ करोड रुपैयाँ तिरेको छ। त्यसैगरी पद्मा इस्लामी लाइफले २ अर्ब २६ करोड रूपैयाँको दाबी ४ करोड रूपैयाँ, प्रोग्रेसिभ लाइफ इन्स्योरेन्सले १७४ करोडमा ६ करोड, सनफ्लावर लाइफ इन्स्योरेन्सले १ अर्ब ४१ करोडमा २ करोड र बैरा लाइफ इन्स्योरेन्सले ६७ करोडको दाबीमा जम्मा १ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS