IME Life New

बंगलादेशमा मन्दीका कारण सामुद्रिक व्यापार घटेसँगै निर्जीवन बीमकको नाफा खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको अर्थतन्त्रमा जारी मन्दीको प्रत्यक्ष प्रभाव निर्जीवन बीमा व्यवसायमा समेत देखा परेको छ। आर्थिक मन्दी र अमेरिकी डलरको सङ्कटको संयुक्त दबाबका कारण जुलाई-सेप्टेम्बरको त्रैमासिक अवधिमा निर्जीवन बीमकको नाफा वृद्धिदरमा गिरावट देखिएको हो ।

निर्जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरुले नाफामा गिरावटका पछाडी निर्जीवन बीमा बीमाशुल्क आम्दानीको मुख्य श्रोत रहेको समुद्री बीमामा आएको गिरावटलाई मुख्य कारणका रुपमा औंल्याएका छन् । निर्यात व्यापारमा गिरावटका साथै व्यापार घाटाका कारण केन्द्रीय बै‌ंकसँग अमेरिकी डलरको अभाव भएको छ। अभावलाई व्यवस्थापन गर्न अघोषितरुपमा आयातमा कडाईसँगै बै‌ंकले पनि आयात कारोबारका लागि लेटर अफ क्रेडिट (एलसी) सुरक्षित गर्न नसक्दा समुद्री बीमाको आम्दानी खुम्चिएको हो ।

Esewa
Crest

द बिजनेश स्टाण्डर्डका अनुसार ४० वटा निर्जीवन बीमकमध्ये ६० प्रतिशतले नाफामा गिरावट आएको छ। ३६ प्रतिशतको नाफामा सुधार देखिएको छ भने ५ प्रतिशतको नाफा स्थिर रहेको छ।

बीमा क्षेत्रका जानकारहरुले बीमा नियामक स‌ंस्था बीमा विकास तथा नियामक प्राधिकरण (आइआरडिएआइ) ले निर्जीवन बीमा अभिकर्ताको कमिशन वितरण सम्बन्धी प्रावधान कार्यान्वयनमा कडाई गरेपछि त्यसको असर बीमा व्यापारमा पनि देखा परेको छ। निर्जीवन बीमकले अभिकर्ता कमिशन सम्बन्धी प्रावधानको चरम उल‌ंघन गर्दै ३० देखि ४० प्रतिशतसम्म कमिशन वितरण गर्दै आएकोमा नियामकले पछिल्लो समयमा कडाई गरेपछि निर्जीवन बीमाको व्यापार खुम्चिएको छ।

बंगलादेश बैंकको जुलाई-अक्टोबर अवधिको तथ्याङ्कले एलसी खोल्नेमा ११.५२% कमी देखिएको छ। अघिल्लो आर्थिक वर्षमा २४.६६ अर्ब डलर रहेकोमा २१.८२ बिलियन डलरमा झरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS